बुबाको मुख हेर्ने दिन
बुबाको मुख हेर्ने दिन भुवन अथर अनुहार हेर्न नसके पनि आवाज सुन्नकै लागि बालाई फोन गरेँ- ज्वरोले थलिएका बाले ऋण र चिन्ताको कुरा मात्र गरे अनि मलाई नै भावुक गराउने अभिव्यक्ति बोले- 'तेरी आमा भइदिएको भए आज म थला पर्दा टन्न खान पाउथेँ !' मैले 'सब ठिक हुन्छ' भनेर आज पनि बुबासँग झुट बोलेँ थाहा छैन यस्तै दिन यस्तै झुट अझ कति बोल्नुपर्ने हो... (२०८२ भाद्र ७)