परागसेचक बाँचे हामी बाँच्छौँ !

परागसेचक बाँचे हामी बाँच्छौँ ! अन्नपुर्ण पोष्ट दैनिकको त्यही समाचारकबाट प्रत्येक शुक्रवार कुनै पनि सफ्ट न्यूज पढेर आफ्ना अनुभूती लेख्ने कामका लागि यसपाली मैले कृषिलाई प्रधानता दिएँ । कृषिप्रधान देश जो हो हाम्रो । राजनीतिको रमिताले रन्थनिएको म मात्र होइन , तपाईँ पनि होला । अझ युवा भएपछि झन् … । गाह्रो छ नि युवालाई । आफ्नो चिन्ता एकातिर , अर्कातिर देशको । हुन त साहित्य समाचार पढ्न मन थियो , साहित्यानुरागी जो हुँ । तर साहित्यमा त्यति लामो समाचार स्टोरी देखिएन , जति कृषिमा देखियो । पुस्तक विमोचनको बाहेक विरलै देखिन्छन् यस्ता समाचार साहित्यमा । यो मलाई लागेको । मैले पढेको कृषिप्रधान समाचार अन्नपुर्ण पोस्ट दैनिकको हो । चैत १७ मा प्रकाशित उक्त समाचारको शीर्षक छ – कृषिमा घट्दै परागसेचन , खाद्य असुरक्षा बढ्दै । समाचारले कर्णालीको कृषिमा परागसेचन , परागसेचकको अवस्था र त्यसको प्रवर्धन , संरक्षणका लागि कर्णाली सरकारको लगानीबारे बोल्छ । समाचारमा हिक्मतबहादुर नेपालीको ‘ वाइला...