समाचारको पाँच परिभाषा
काम - ‘ समाचार’ का पाँच प्रमुख र महत्वपूर्ण परिभाषा लेख ! भुवन खत्री (bhoban khatri), BA I समाचारलाई यस क्षेत्रका विज्ञहरूले विभिन्न किसिमले परिभाषित गरेका छन् । समाचारका केही परिभाषाहरू यहाँ प्रस्तुत गरिएका छन् : (क) समाचार एउटा अचम्मको घटना हो, एउटा अप्रत्याशित घटना हो । (News is surprise, an unexpected happening) -Lord Northcliffe (ख) हिजोसम्म नजानेको कुरा नै समाचार हो। (News is anything you did not know yesterday) -Turner Catledge (ग) कुनै घटना, तथ्य वा विचारको तत्कालीन विवरण नै समाचार हो, जसमा जनसमुदायको रुचि हुन्छ । (News is the timely report of events, facts or opinions that interests for significant number of people) - Billiam L. Riwarsa (घ) चार्ल्स दानाले समाचारको बारेमा यस्तो भनेका छन्: "जब कुकुरले मान्छेलाई टोक्छ, त्यो समाचार हुदैन तर जब मान्छेले कुकुरलाई टोक्छ, त्यो समाचार बन्छ ।" (When a dog bites a man, that is not news, but when a man bites a dog, that is news.) (ङ) नेपालका प्रसिद्ध साहित्यकार एवं पत्रकार भैरव अर्यालको विचारमा "समाचा...