समाचारको पाँच परिभाषा

काम - ‘समाचार’ का पाँच प्रमुख र महत्वपूर्ण परिभाषा लेख !

भुवन खत्री (bhoban khatri), BA I

समाचारलाई यस क्षेत्रका विज्ञहरूले विभिन्न किसिमले परिभाषित गरेका छन् । समाचारका केही परिभाषाहरू यहाँ प्रस्तुत गरिएका छन् : 


(क) समाचार एउटा अचम्मको घटना हो, एउटा अप्रत्याशित घटना हो । (News is surprise, an unexpected happening)

 -Lord Northcliffe


(ख) हिजोसम्म नजानेको कुरा नै समाचार हो। (News is anything you did not know yesterday)

-Turner Catledge 


(ग) कुनै घटना, तथ्य वा विचारको तत्कालीन विवरण नै समाचार हो, जसमा जनसमुदायको रुचि हुन्छ । (News is the timely report of events, facts or opinions that interests for significant number of people)

- Billiam L. Riwarsa

 

(घ) चार्ल्स दानाले समाचारको बारेमा यस्तो भनेका छन्: "जब कुकुरले मान्छेलाई टोक्छ, त्यो समाचार हुदैन तर जब मान्छेले कुकुरलाई टोक्छ, त्यो समाचार बन्छ ।" (When a dog bites a man, that is not news, but when a man bites a dog, that is news.)  


(ङ) नेपालका प्रसिद्ध साहित्यकार एवं पत्रकार भैरव अर्यालको विचारमा "समाचार भनेको सार्वजनिक अभिरुचिसित सम्बन्धित भर्खरैका घटना, धारणा वा समस्याबारे दिइने सूचनाको टुक्रा हो ।"


Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल