JMC, assignment-1

 काम - ‘सेतोपाटी’ मा प्रकाशित ‘चीनसँगको नाका बन्द भएपछि अमेरिका हिँडेको सिन्धुपाल्चोकको गाउँ’ फिचर स्टोरी, जुन पढेको सुनिसकेका छौँ । सुन्दै गर्दा के, कस्तो अनुभुति भयो, लेख !


नेपाली आमा एकसाथ रोएको सुनेँ !

-भुवन खत्री (bhoban khatri) BA I 

पत्रकारिताका लागि स्वभाव सुहाउने भएकैले मैले यो विषय लिएर पढेको हुँ। पत्रकारितामा लेख्न र बोल्न जान्नुपर्छ, थाहा छ धेरथोर । धेरथोर अभ्यास पनि छ । विशेष, काव्य विधामा कलम चलाउँछु र 'वाचनकला पनि कम छैन’ भन्ने पनि सुनाउनुहुन्छ अग्रजहरूले । मलाई पनि लाग्छ, मेरो वाचनकला ईश्वरीय वरदान हो। 


‘सेतोपाटी’मा प्रकाशित उक्त प्रिमियर फिचर वाचन गर्ने चाहना त थियो तर पाइनँ । अर्कै साथीले सारा फिचरमा आफ्नै स्वर दिए । साथीको स्वर र वाचनशैनी सुन्दर थियो। ‘मेरो पालो आइहाल्छ कि', ‘बचिहान्छ कि थोरै फिचरांश’ आश गरिरहेँ । वाचन गर्न नपाइए पनि, जे होस्, सुनेँ स्टोरी र स्टोरीसँगै बगेँ म। 


फिचर स्टोरी कारुणिक थियो । स्टोरीमा सिन्धुपाल्चोक वरिपरिको परिवेश छ तर यसले नेपालभरी परिक्रमा गरेको छ । अथवा, यसरी बुझौं, सिन्धुपाल्चोक केन्द्रित फिचर स्टोरीले पूरै देशको प्रतिधिनित्व गरेको छ। लेखनशैली अनि कथाशैलीबारे कुरा नगरौं, हामी सिकारुले सशक्त लेखनभ्यास गएका र जुझारुहरुको यति सुन्दर फिचर समाचार समिक्षा गर्ने साहस चाहिन्छ । कम्तिमा मलाई चाहिँ त्यस्तो लाग्यो । अझ, यहाँ त लेख्ने 'अक्षर काका’ छन् । 'अक्षर काका’ नाम यसै रहन गएको होइन, रामनाथ खनालले अक्षर र शब्दसँग वर्षैँ खेलेपछि अभ्यासले दिएको प्रतिफल हो । अक्षर काका मलाई मनपर्ने पत्रकार हुन् । सुरुमा जब नाम सुनेथेँ, म अचम्मित भएथेँ। नाम अनौठो लागेको थियो । उनीप्रति चाँसो बढ्दै जाँदा गुगल र फेसबुकका खोजकेन्द्रमा खोज्दा पत्ता लाग्यो उनको असली नाम - रामनाथ खनाल । खनाल Galaxy 4K टेलिभिजनमा काम गर्छन्, मैले सुरुमा देखेको TV बाटै हो। खैर, TV तिर नजाऔं। यहाँ त अनलाइन, त्यसमा पनि चार हजार लामो फिचर स्टोरीको कुरा गर्नुछ । 


फिचर स्टोरीमा मूल दुई विषय छन् । एक, ०७२ को भुकम्पसँगै बन्द नेपाल-चीन नाका । एक, आर्थिक संकट टार्न अमेरिका पुगेको सिन्धुपाल्चोकको एक गाउँ।


कोदारी (अरनिको) राजमार्ग छेवैमा छ, सखुवा गाउँ। बाह्रबिसे नगरपालिका-६ मा पर्ने सखुवाको धेरैजसो बासिन्दा २०७२ को भुइचालो अघिसम्म चिनियाँ मालसामान वारपार गरेर राम्रो आर्जन गरिरहेका थिए। पैसाको कमी थिएन । जसै भुइँचालोको कहर बर्सियो र भन्सार नाका बन्द भयो, गाउँलेहरुको कमाइको मूल सुक्यो । धेरै युवाले तल्लो बाटो अमेरिकाको गन्तव्य रोजे । यहाँका प्रत्येक वडामा विदेशिने युवाको सङ्‌ख्या १५-३० छ । कतिले अमेरिकी सपनाको लोभमा लाखौँ पैसा दलाललाई बुझाइसकेका छन्। कति अमेरिका छिरिसके, कति दुष्कर पैदल यात्रामा पाइताला फोका पार्दैछन् । अनि, कतिले चाहिँ सुवास श्रेष्ठले जस्तै आफन्तहरूका आँखामा आँसुको भेलबाढी बगाएका छन् । यो सुवास श्रेष्ठको मात्र कथा होइन, भुइचालोसँगै बन्द भन्सार नाकाले कसरी सिंगो गाउँ अमेरिका छिर्न बाध्य भयो र कसरी यस्तो नियति आइलाग्यो भन्ने हो ।


सुवासको कथा सुन्दै गर्दा कम्ता भावुक भइनँ। लाग्यो, अझ लेखकको मनमा, मस्तिष्कमा के बित्यो हो, लेख्दै गर्दा । उनको मसिले कसरी साहस गर्यो हो ! 


सुवासको कथाकै प्रसंगमा, उनको कथा सुन्दै गर्दा मैले उनका आफन्त रोएको मात्र सुनेँ। समग्रमा, नेपाल रोएको सुनेँ। आज समस्त नेपालीको नियति यस्तै छ - अवसर अभाव, आर्थिक संकट, संकट टार्न विदेशको बाटो, बिदेशको सकसता सहन नसके रातो बाकसको बास अर्थात् मृत्यु ! आज त्रिभुवन विमानस्थलले दैनिक हजारौं युवा विदेश पठाउँछ भने त्यति नै युवा ल्याउँछ पनि तर मृत ! 


यस्तोमा देशले ठूलो घाटा सामना गर्नुपर्छ। किनभने, युवा नहुनु भनेको देश नहुनु बराबर हो । युवाबिना देश बन्दैन । युवा जति जोस बृद्धहरूमा हुन्न । भलै, उनीहरूमा लामो अनुभव होला, सिकाई होला । सिकाई र अनुभवले तब मात्र सार्थकता पाउँछ, जब त्यसलाई व्यवहारमा लागू गरिन्छ । लागू गर्ने क्षमता युवामा हुन्छ । तर जब यस्तो युवा विदेशिन्छ र नफर्कने गरी (मृत्युमार्ग) जान्छ, तब कस्तो हुँदो हो आमाको मन, आफन्तको आर्तनाद ! यसको एक झल्को सुवासको कथाले दिएको छ । विदेश गएका सुवासको सासबिहिन लास देखेर अर्थसंकट टर्ने आश मारिसकेका आफन्तको रुवाबासले देखाएको छ । फिचर स्टोरीमा सुवासकी आमाको रुवाबास सुन्दा सारा नेपाली आमा एकसाथ रोएको सुनेँ । र कामना गरेँ, कसैले पनि यस्तो नियति भोग्नु नपरोस् ! 


बाह्रबिसे नगरपालिकाका प्रत्येक वडाबाट १५-२० जना विदेशिएका छन् । तर समग्र नेपालको चित्रले के देखाउँछ भने प्रत्येक घरबाट एक विदेश गएको छ । दिनमा हजारौं र वर्षमा लाखौं विदेशिनेको ताँतीले यसै भन्छ । विदेश गएर सिपार्जन गरी स्वदेशमै ल्याएर लगानी गर्ने हो भने मात्र विदेशिनु‌को सार्थकता होला, नत्र लासको लर्को लाग्न थाले सरकारले नै विदेशको बाटो बन्द गर्न सकोस् ! 


सरकारले गर्नुपर्ने धेरै छ । चीनसँगको सीमाना बन्द भएपछि विकल्पको रुपमा आर्थोपार्जन हुने केही विकल्प सरकारले दिनुपर्थ्यो। त्यस्ता जनतालाई, जसले विकल्पका रुपमा विदेशको बाटोबाहेक देखेनन् । र त्यस्तालाई विकल्प दिनुपर्थ्यो, जोसँग श्रम गर्ने जाँगर थियो । धेरै सुझाव त के दिनु र, सरकार स्वयंले जान्नुपर्ने हो । जानेकै होला ! 


यहाँ, रामनाथ खनाललाई धन्यवाद दिन्छु । असली पत्रकारिता भनेको यस्तै हो। समाजको आवाज बोल्ने, समाजको यथार्थ बोल्ने, भुँइमान्छे बोल्ने पत्रकारिता । पत्रकारिताको लागि मुख्य भनेको कन्टेन्ट वा विषय हो । विषय जताततै छ । कतिले सोच्छन्, राजधानी वा सहरमा पो छ विषय, ठूला नेता, सांसदको बोली, भाषणमा पो छ । होइन, अर्गानिक कन्टेन्ट वा विषय त गाउँमा छ, मोफसलमा छ। मात्र चिन्न जान्नुपर्यो । 'नोज फर न्युज’ त्यसै भनिदैन । रामनाथ खनालमा यो छ । 


रामनाथ खनालले यस्तैगरी समाज बोलिराखून्, लेखिराखून् । र, सरकारले पनि यस्ता बोली र व्यथा सुनोस् अनि पढोस् ! उनी मात्र होइन, हर पत्रकार वा हर मिडियाले उठाएका हर विषयमा मौन नहोस्, काम गरोस् सरकार !


मैले स्टोटीको एक विषयलाई मात्र केन्द्रमा राखेर आफ्ना अनुभूती लेखेँ । बहुआयामबाट हेरेर सारा समेट्‌ने हो भने यस्तै पाँच पेज चाहिन्छ । 

धन्यवा

द ! -२०८०/०९/०७ गते शनिबार-



Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा