हामी पनि यसैगरी उड्नुपर्छ है, दादा ?

हामी पनि यसैगरी उड्नुपर्छ है , दादा ? कस्तो म के ! सानो कुरामा पनि मनभरी कुरा खेलाउने । बल्ल आइपुगेँ घर , नजिकैको एयरपोर्टबाट । सायद यसरी मनमा कुरा खेल्दैनथ्यो , तीँ दुईसँग भेट नहुँदो हो त । राम्रोसँग कुरा भएन । उनीहरु आफ्नो ‘ पानी बेच्ने ’ काममा व्यस्त नहुँदा हुन त अझ बढी रहस्य बुझ्थेँ तीँ दिदी भाईको । दिदी भाई पनि हुन् कि होइनन् । मैले ‘ अड्कलाइजेसन ’ गरेको मात्र हो । खास तीँसँगको संवादमा एउटा कुराले म बढी पिरोलिएँ । दिदी चाहिँको जवाफ बढी असरदार थियो । उसले भनेकी थिई – ‘… हामी नि ठुलो भएपछि यसैगरी उड्नुपर्छ है , दादा ?’ मैले उनीहरुलाई सोधेको थिएँ – ठुलो भएपछि के बन्ने ? ‘ म त पाइलट बन्ने हो ’- भाई चाहिँको जवाफ । स्वाभाविक थियो , दिनै सयौँ जहाज उडेको देख्ने बालक मस्तिष्कमा अरु के आओस् ? दिदी चाहिँले पहिले भनेकी थिई - ‘ मलाई त केहि बन्न मन छैन । ममी बाबाले भनेको नेपालमा त सरकार राम्रो छैन । नेपालमा केहि बन्न सकिन्न । बरु विदेश गए पो बनिन्छ रे । उमेर नपुगी जान नमिल्ने । उमेर पुगेपछि जानुपर्छ रे । ’ त्यतिखेरै एक बडेमानको ज्यान भएको हवाइजहाज खै कुन देश पो हो ...