हामी पनि यसैगरी उड्नुपर्छ है, दादा ?
हामी पनि यसैगरी उड्नुपर्छ है, दादा
?
कस्तो म
के ! सानो
कुरामा पनि मनभरी कुरा खेलाउने । बल्ल आइपुगेँ घर, नजिकैको एयरपोर्टबाट । सायद यसरी मनमा
कुरा खेल्दैनथ्यो, तीँ दुईसँग
भेट नहुँदो हो त । राम्रोसँग कुरा भएन । उनीहरु आफ्नो ‘पानी बेच्ने’ काममा व्यस्त नहुँदा
हुन त अझ बढी रहस्य बुझ्थेँ तीँ दिदी भाईको । दिदी भाई पनि हुन् कि होइनन् । मैले ‘अड्कलाइजेसन’ गरेको मात्र हो ।
खास तीँसँगको संवादमा एउटा कुराले म बढी पिरोलिएँ । दिदी चाहिँको जवाफ बढी असरदार
थियो । उसले भनेकी थिई – ‘…हामी नि ठुलो भएपछि यसैगरी उड्नुपर्छ है, दादा ?’
मैले
उनीहरुलाई सोधेको थिएँ – ठुलो भएपछि के बन्ने ?
‘म त
पाइलट बन्ने हो’- भाई
चाहिँको जवाफ । स्वाभाविक थियो, दिनै सयौँ जहाज उडेको देख्ने बालक
मस्तिष्कमा अरु के आओस् ?
दिदी
चाहिँले पहिले भनेकी थिई - ‘मलाई त केहि बन्न मन
छैन । ममी बाबाले भनेको नेपालमा त सरकार राम्रो छैन । नेपालमा केहि बन्न सकिन्न ।
बरु विदेश गए पो बनिन्छ रे । उमेर नपुगी जान नमिल्ने । उमेर पुगेपछि जानुपर्छ रे ।’ त्यतिखेरै एक
बडेमानको ज्यान भएको हवाइजहाज खै कुन देश पो हो, उड्यो पश्चिमतिर । सायद विदेश गएको अड्कल
काटी दिदी चाहिँले । र अघिको कुरालाई सकाई, ‘हामी नि ठुलो भएपछि यसैगरी उड्नुपर्छ है, दादा ?’
दिदी
चाहिँको प्रतिप्रश्नमा के जवाफ दिऊँ ? म अतालिएँ । न कुरो अन्तै मोड्न मिल्ने, न सही जवाफ छ मसँग ।
आफु त विदेश नजाने सोँचले आजपर्यन्त त्यसको सुरसार नगरी बसेको छु । उतैको सोँच
हुँदो हो त म अहिले विदेशी भाषा सिक्ने चटारोमा व्यस्त हुन्थेँ । आज यहाँ उनीहरुसँग
किन गफिन्थेँ ? गफिनुको धेय छ ।
किनभने मैले अँगालेको पेशा नै गफिने छ । लेख्ने छ, यस्तै बेवारिसेको आवाज लेख्ने । बोल्ने छ, यस्तैको बोलि बोल्ने
। देखाउने छ, यस्ताका
यथार्थ देखाउने ।
यतिखेर
तपाई चाहिँ के जवाफ दिनुहुथ्यो ? मैले उसप्रति हेरेँ एकपल्ट । ऊ मलाई नै हेर्दै
रहिछे । म दुईपल्ट झस्किएँ । एकपल्ट उसको प्रश्नबाट, अर्को उसको हेराईबाट । यसरी हेरी मानौँ
पत्रकार आफ्नो सबैभन्दा गम्भिर प्रश्नको जवाफ पर्खिरहेछ गम्भिर नेताबाट । मबाट
जवाफ नपाएर होइन, आफ्नो
ठाउँमा पुगेपछि उनीहरु त्यतै लागे ।
मैले
जवाफै नदिई गए । ढुक्कै भएँ । तर एउटै कुरा त्यसपछि अहिलेसम्म दिमागमा घुमिरह्यो ।
जसका कारण म बैचैन बनिरहेछु अहिले । मलाई बेचैन बनाउने विचार हो – कस्तो विडम्बना
देशको । यति कलिलो बालमस्तिष्कमा विदेशको बिऊ रोपिदिएको छ । सानैदेखि सरकारप्रति
वितृष्णा पलाउनु राम्रो होइन ।
त्यो
रुखको छहारीमा बसीराखेकी उनीहरुकी आमा हुनुपर्छ । आमा भएपट्टी लम्किए तीँ दुई ।
आमाछेऊ एक दर्जन पानीका बोतल खोलिएर राखिएका थिए । तीँ दुईले एकएक लिए र फेरी भन्न
थाले – ‘पानी लिनुहोस्, पानी…
।’
म यो
टाढाबाट हेरिरहेँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब पाँच वर्षदेखी यो कर्ममा लागेका थिए तीँ । बिहान सात बजेतिर आउने रहेछन् । त्यसपछि स्कुलबाट फर्केपछि आउने रहेछन् । साँझ परेपछि मात्र सिनामंगलको बागमती किनारमा अवस्थित आफ्नो घर जाने रहेछन् । बागमती किनारको बस्तीमा म बेलाबेला पुगिराख्छु । नजिकै छ । त्यो वादी समुदायको बाहुल्यता भएको बस्ती हो ।
-२०८१ बैशाख ८ गते प्रकाशित-
Comments
Post a Comment