Posts

Showing posts from May, 2024

मैले देखेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मैले भोगेको त्रिभुवन विश्वविद्यालय

Image
  मैले देखेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मैले भोगेको त्रिभुवन विश्वविद्यालय - भुवन खत्री म जहाँ बस्छु , त्यसको छेवैमा छ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । यहाँबाट दैनिक हजारौँ युवा विदेशिन्छन् , सुन्नेलाई त सामान्य लाग्ला । म देखिरहेछु दैनिक यही दृश्य । देख्दा लाग्छ , विचरा ! भर्खरैका यी चल्ला कसरी सक्दा हुन् उड्न , पखेटा बेगर ! त्रिविमा पढ्छु । त्रिवि अर्थात् त्रिभुवन विश्वविद्यालय । नेपालको पहिलो विश्वविद्यालय । र , देशकै ठुलो पनि । मैले भोगिरहेछु सधैँ एउटै रटान । निरस पढाइ , एक्लो पढाइ , नबुझिने , अस्पष्ट र राजनीतिक पढाइ ।   थाहा पाउनु वा बुझ्नु ठुलो कुरा हो । सुनेर थाहा पाउनु , देखेर थाहा पाउनु र भोगेर थाहा पाउनुमा अन्तर छ । सुनेर थाहा पाएको कुरा न भोगिन्छ , न बुझिन्छ। कम थाहा हुन्छ । देखेर थाहा पाउनु भनेको आधा भोग्नु हो । र भोग्नु भनेको सब थाहा पाउनु हो । मैले भोग्दैछु त्रिविमा पढ्दाका उराठ दिनहरु । मैले देख्दैछु , त्रिभुवन विमानस्थलबाट बाहिरिएका युवा - लहर । यो लहरमा म मिसिन चाहन्नँ । अर्थात् भोग्न चाहन्नँ । यत्ति चाहन्छु , मलाई स्वदेशमै रहने व...

कविता - म के गरुँ ?

Image
  कविता -  म के गरुँ ? -        -   भुवन खत्री   म उभिएको उमरेरको यो धरातलमा कति धेरै प्रेमिल नदि बगेका म खेलिराखेको अटल यस पृथ्वीतलमा कति धेरै अधैर्य , अशान्ति ,   अराजक र अति म हिडिराखेको कालखण्डको समयपथमा कति नौला सोँचका पालुवा म चढिराखेको जीवनको उचाईमा कति अग्ला र अफ्ठेरा पहाडहरु म बाँचिराखेको   मेरो वर्तमानमा कति थोरै आशा र धेरै निराशा म बसिराखेको उमेरको यो काखमा कति निन्द्रा कति सपना कति चाहना म पढिराखेको आफ्नै जीवनमा कति धेरै अष्पस्टता कति धेरै अबोध्य लेखन र कति धेरै त्रुटि   यो उमेरमा के थोरै आशा र धेरै निराशा जायज हो !?   … म के गरुँ ?