कविता - म के गरुँ ?

 

कविताम के गरुँ ?

-       -  भुवन खत्री

 

म उभिएको

उमरेरको यो धरातलमा

कति धेरै

प्रेमिल नदि बगेका

म खेलिराखेको

अटल यस पृथ्वीतलमा

कति धेरै

अधैर्य, अशान्ति,  अराजक र अति

म हिडिराखेको

कालखण्डको समयपथमा

कति नौला

सोँचका पालुवा

म चढिराखेको

जीवनको उचाईमा

कति अग्ला

र अफ्ठेरा पहाडहरु

म बाँचिराखेको 

मेरो वर्तमानमा

कति थोरै

आशा र धेरै निराशा

म बसिराखेको

उमेरको यो काखमा

कति निन्द्रा

कति सपना

कति चाहना

म पढिराखेको

आफ्नै जीवनमा

कति धेरै

अष्पस्टता

कति धेरै

अबोध्य लेखन

र कति धेरै

त्रुटि

 

यो उमेरमा

के थोरै आशा

र धेरै निराशा

जायज हो !?

 

म के गरुँ ?



 

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा