Posts

Showing posts from August, 2024

तिमी र अरु

Image
हाँसो त यसै पनि फुर्छ नि !         तिमी र अरु           - भुवन खत्री म किन यतिका कुरा मन नपराएर एउटै कुरा मनपराइरहेछु ?   मान्छेले चन्द्रमालाई प्रेमिकासँग दाँज्छन् तर मलाई मन पर्दैन मलाई त्योसँग प्यार छैन मान्छेले फूललाई प्रेम-प्रतिक मानेर पुज्छन् तर मलाई यस्तो लाग्दैन मलाई त्योसँग प्यार छैन मान्छे खोलामा प्रेम बगिरहेको देख्छन् तर म पानी सिवाय केहि देख्दिनँ मलाई त्योसँग प्यार छैन प्रेमीहरु ऋतुराज बसन्तलाई प्रेमिका उपमा दिन्छन् तर म यो मान्दिनँ मलाई त्योसँग प्यार छैन मान्छेहरु प्रकृतिलाई प्रिया भन्छन् तर मलाई यस्तोमा कुनै चाख छैन मलाई त्योसँग पनि प्यार छैन उनीहरु हिमाली हिउँलाई आफ्नी प्रियसी हाँसेकी भन्छन् तर यो कल्पनामा पनि विश्वास भएन मलाई त्योसँग प्यार भएन   यी कसैमा पनि अरुले देख्ने सुन्दरता मैले देखिनँ मैले प्यार गरिनँ मैले मात्र तिमीमा देखेँ अरु जम्मै जतिको सुन्दरता अरु जम्मै जति प्यार मैले तिमीलाई गरेँ  -०८१ भाद्र ३० गते-

एक चिठी : धन्यवाद विद्या दिदी !

Image
  एक चिठी : धन्यवाद विद्या दिदी !   विद्या दिदी , नमस्कार !   ' हेर्ने कथा ' को ' हराएका वर्षहरु ' हेरेपछि मनमा जबर्जस्ती प्रश्न जन्मियो – ‘ प्रकाशलाई उमेर मात्र किन सोधियो ? घर जान्छौ भनेर किन सोधिएन ?’   समय कति बलवान ! हराएका बीसौँ वर्षभन्दा भेटिएको एक क्षण मूल्यवान ! अव्यक्त शब्दको वजन यसै कथाले सिकायो । अहिलेसम्म हेरिएका चलचित्रले यति भावुक भइनँ , जति यो एक घण्टाको डकुमेन्ट्री हेरेर भएँ । डकुमेन्ट्री पनि भन्ने र ! एउटा लामो चलचित्र हेरेझैँ भो ।     मलाई लाग्छ , जीवन संयोगहरुको लामो शृङ्खला हो । मान्छेको जीवनमा संयोग नि कस्ता कस्ता ! कुनै त कहिल्यै नचिताएका । प्रकाशले यत्रो ३५ वर्षमा सोचे होलान् , मेरा आफन्तसँग भेट हुन्छ भनेर ?   उनी आमाबा जिवितै भेटिएलान् भन्ने पनि चिताउन गाह्रो मान्थे ।   प्रकाशले सबै बिर्सेर पनि सबै सम्झिराखेका रहेछन् ! जब गोरखाको त्यो अनकन्टार भिरबाट आफ्नो गाउँको नजिक नजिक आए , सबै बिर्सिएको झल्झली आँखैअघि आयो । उनले सबैभन्दा पहिला गाउँ सम्झे । त्यसपछि दौतरी सम्झे । माछा मारेको पोखरी सम्झे । ...

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

Image
  एक यात्रा - डायरी : मेरो तेस्रो गाउँगमन - भुवन खत्री , बाजुरा ।। एउटा सानो कोठा । गोबर - माटो पोतिएको भित्ता छ । एउटा नाम मात्रको खाट छ , बस् यत्ति छ । अँ , कोठाको एक भित्तोमा झुन्ड्याइएका छन् - एउटा फाटेको कोट र त्यसमाथि ठाउँठाउँ च्यातिएको तर सिलाइएर मिलाइएको झोला ।   खाटमा एक बृद्ध छन् , ७५ नाघेका । २० ननाघेको युवा सुतिराखेका बृद्धको छेउमा जागै छ । छेऊका सायद उसका हजुरबा हुन् । रातको एक बज्नै लागेको छ । सारा रात्रिजगत सुतेको छ । चरोमुसो बोलेको छैन । यति राति यो युवक ल्यापटप अगाडी घुरेर बसेको किन छ ? केहि अनुमान लगाउन सक्नुहुन्छ ? ऊ यस्तो देखिन्छ ; मानौँ ,   एउटा नसकी नहुने जरुरीको काम सक्नुछ ।   घरिघरि झ्यालबाट बाहिर हेर्छ । सायद बेलाबेला उसलाई गर्मीले गाँज्छ । घरि पल्टिन्छ , घरि घोप्टिन्छ । घरि खुसी भएजस्तो , घरि दुखी जस्तो । तर ल्यापटप छोडेको छैन ।   अलि नजिक जाऊँ उसको !   अहो ! के लेख्दैछ त ! कत्रो लामो , बाफरे बाफ !   तैपनि म पढेरै सुनाइदिन्छु तपाईहरुलाई । सुन्नुस् ल ?   ………………………………………………………………………………………………...