तिमी र अरु
तिमी र अरु
-भुवन खत्री
म किन यतिका कुरा मन नपराएर
एउटै कुरा मनपराइरहेछु ?
मान्छेले चन्द्रमालाई प्रेमिकासँग दाँज्छन्
तर मलाई मन पर्दैन
मलाई त्योसँग प्यार छैन
मान्छेले फूललाई प्रेम-प्रतिक मानेर पुज्छन्
तर मलाई यस्तो लाग्दैन
मलाई त्योसँग प्यार छैन
मान्छे खोलामा प्रेम बगिरहेको देख्छन्
तर म पानी सिवाय केहि देख्दिनँ
मलाई त्योसँग प्यार छैन
प्रेमीहरु ऋतुराज बसन्तलाई प्रेमिका उपमा दिन्छन्
तर म यो मान्दिनँ
मलाई त्योसँग प्यार छैन
मान्छेहरु प्रकृतिलाई प्रिया भन्छन्
तर मलाई यस्तोमा कुनै चाख छैन
मलाई त्योसँग पनि प्यार छैन
उनीहरु हिमाली हिउँलाई आफ्नी प्रियसी हाँसेकी भन्छन्
तर यो कल्पनामा पनि विश्वास भएन
मलाई त्योसँग प्यार भएन
यी कसैमा पनि अरुले देख्ने सुन्दरता मैले देखिनँ
मैले प्यार गरिनँ
मैले मात्र तिमीमा देखेँ
अरु जम्मै जतिको सुन्दरता
Comments
Post a Comment