अश्रुधारा (कविता)
अश्रुधारा (कविता) लगातार बहत्तर घण्टा भयो नेपालको आकाश रोएको नेपालको पाताल कति रुने हो नेपाली कति रुने हुन् कसैलाई थाहा छैन यो अश्रुधारा कहाँ कहाँ जाने हो र कहाँ गएर जम्मा हुने हो केहि थाहा छैन जम्मा भएको कहाँ कहाँका बस्ती पस्ने हो र कहाँको डाँडा उक्लने हो नेपालको धर्तीमा खसेको अश्रुधाराले कहाँ कहाँका राजमार्ग हिड्ने हो कहाँका मान्छे घर छिमेक गाउँ र नगरमा छिर्ने हो केहि थाहा छैन देश यस्तो अवस्थामा भइरहँदा ‘ देशनायक ’ कता अन्तै छन् रे सकल देशको एकस्वर छ “ स्वदेश फर्क देशनायक !” - २०८१ असोज १२ -