‘म’भित्र दुईटा ‘म’
अबुझ मन
तिमी
कसैले
गाली गर्दा
मन
नदुखाउनु भन्छौ
मेरो
चाहा पनि त्यहि हुन्छ
तर मनको
प्रकृति
तिमी
मैले चाहे जस्तो
कहाँ हुँदो
रहेछ र
मन आफसे
आफ दुखिहाल्छ
ऊ बुझ्दैन हाम्रो कुरा ।
…………………
‘म’भित्र दुईटा ‘म’
मभित्र
दुईटा ‘म’ छन्
एउटा म
अर्को
मन
म र
मनबिच
मनमुटाव
भइरहन्छ
म भन्छु - सक्दिनँ
ऊ भन्छ - सक्छस्
म भन्छु - जाँगर छैन
ऊ भन्छ - जाग्
म भन्छु - खान्छु
ऊ भन्छ - नखा
म भन्छु
-
हेर्छु
ऊ भन्छ - नहेर्
म भन्छु - कोसिस गर्छु
ऊ भन्छ - सफल हो
म भन्छु
-
गरिब छु
ऊ - धनी भइन्छ
म रोइदिन्छु
ऊ भन्छ - नरो
म भन्छु
-
विहे
गर्दिनँ
ऊ भन्छ - विहे गर्
म भन्छु
-
विदेश
जान्छु
ऊ भन्छ - नजा
म भन्छु - पढ्छु
ऊ भन्छ - के काम
म भन्छु - मान्छे बराबर हो
ऊ भन्छ - पुर्खाले मानेको
मान्
म भन्छु - उठ्नुछ
ऊ भन्छ - सुतिराख्
म सहजता
खोज्छु
ऊ भन्छ - कहाँ सम्भव
म काममा
रमाएको बेला
ऊ भन्छ - आराम गर्
मलाई
अल्छि लागेका बेला
ऊ भन्छ - अल्छि नगर्
म भन्छु
-
यो
बन्छु
ऊ भन्छ - यो बन्
म भन्छु
-
पढ्ने
हो
ऊ भन्छ - प्रेम गर्
म भन्छु
-
केहि
सिक्नुछ
ऊ भन्छ - आफैँ सिकिन्छ
म भन्छु
-
बोल्दिन्छु
ऊ भन्छ - नबोल्
म भन्छु - लेख्नुछ
ऊ भन्छ - जे गर्छस्
म भन्छु
-
एक कुरा
ऊ भन्छ - अर्को कुरा
अनि
कहाँ मिल्छ कुरा
त्यसैले
म र मनबिच मभित्र
मनमुटाव भइरहन्छ ।
……………
मेरो अस्तित्व
आकासमाथि
पातालमुनि
क्षितिजपा..री
त्योभन्दा
पनि
प..र परसम्म
वा भनौँ
ब्रह्माण्डकै
चौकुनातिर
अथवा
त्योभन्दा पनि दू..रसम्म
मात्र
म अस्तित्वमा हुनेछु ।
– ०८१ असोज
५ -
Comments
Post a Comment