अश्रुधारा (कविता)

 

अश्रुधारा (कविता)



लगातार बहत्तर घण्टा भयो

नेपालको आकाश रोएको

नेपालको पाताल कति रुने हो

नेपाली कति रुने हुन्

कसैलाई थाहा छैन

 

यो अश्रुधारा कहाँ कहाँ जाने हो

र कहाँ गएर जम्मा हुने हो

केहि थाहा छैन

जम्मा भएको कहाँ कहाँका बस्ती पस्ने हो

र कहाँको डाँडा उक्लने हो

नेपालको धर्तीमा खसेको अश्रुधाराले

कहाँ कहाँका राजमार्ग हिड्ने हो

कहाँका मान्छे घर छिमेक गाउँ र नगरमा छिर्ने हो

केहि थाहा छैन

 

देश यस्तो अवस्थामा भइरहँदा

देशनायक कता अन्तै छन् रे

सकल देशको एकस्वर छ

स्वदेश फर्क देशनायक !”

-२०८१ असोज १२-

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा