स्वप्नभंग : सपनामा सुख्खाभूमी !
स्वप्नभंग
...र सर्वप्रथम
म त्यहाँ पुग्नेछु । अनि दायाँ बायाँ चारैतिर परपरसम्म नियाल्नेछु । पर कतै रुखका
बोट देखिनेछैनन् । त्यहाँ न खोला देखिनेछ, न बगरको अवशेप देखिनेछ । न त्यहाँ नेपालमा पाइने
जस्तो ढुङ्गा नै पाइनेछ । यतिसम्म कि झारको अनुहारसम्म देख्न पाइनेछैन । भनौँ न,
हरियोको ‘ह’सम्म देखिनेछैन । यसरी
पनि भन्न मिल्यो, बालुवाबाहेक
केहि नभएको एकरुपको सतहमा पाहिला टेकिरहेको हुनेछु । हो, बालुवैबालुवा
! न पानी, न बिरुवा । यस्तोमा
म हुनेछु ।
अनि
नजिकै रहेका ऊँठबाला दाजुलाई सोध्नेछु – ‘चढ्न मिल्ला ?’ उनी ऊँठ चढेर त्यो सुख्खाभूमि
घुम्न दिनेछन् । त्यसको लागि पनि कुनै शुल्क लिनेछैनन् । म फेरि खुसी हुनेछु । म
फेरि उनलाई ‘धन्यवाद’ दिनेछु ।
ऊठमा
चढेपछि म चारैतिरको एकनासे सतह बढ्ता देख्नपाउनेछु । केहि अघि देखिनेछ बालुवाको विशाल ढिस्को । म ती
दाजुलाई भन्नेछु – ‘त्यसमाथी चढ्न मिल्छ?’ । उनी सहजै ढिस्कोमा
पनि चढ्न दिनेछन् । म ऊँठबाट ओर्लिएर सो ढिस्को चुम्न चढ्नेछु । जतिजति म चढ्दै
जानेछु, त्यहाँ
अचम्म हुनेछ ! जब म
त्यसमाथि चढ्नेछु तब एउटा घटना घट्नेछ । म ढिस्कोबाट खस्नेछु । र म स्वप्नभंग
हुनेछु,
यथार्थमा आउनेछु । कहाँकहाँबाट नेपाल आउनेछु ।
-आश्विन
९ गते बुधवार-
Comments
Post a Comment