माया चै लेऊ ल
माया चै
लेऊ ल
-भुवन अथर
स्वीकार गर्छु अस्वीकार
तिम्रो स्वीकृति देऊ ल
मन नलिए नि मनभरीको
यो माया चै लेऊ ल
नरोऊ त्यति रोएर
तिम्रो आँशु नि सुकला
रुवाउने आउँदा रुनलाई
फेरी बाँकी नरहला
दिनलाई आँशु मसँग
छैन तिमी नरोऊ ल
मन नलिए नि मनभरीको
यो माया चै लेऊ ल।१।
दुखी त यहाँ म
हुनुपर्ने तिमी पो दुखी छ्यौ
सुखमा तिमी बस्नु पो
पर्छ त्यो दुख मलाई देऊ
चोटहरुले पो चट्टान
बन्छु अझैँ चोट देऊ ल
मन नलिए नि मनभरीको
यो माया चै लेऊ ल।२।
सँगसँगै हुनु, जोडिनु मात्र त्यो कहाँ माया हो
अलग हुनु, जोडिनु अझ प्रगाढ माया हो
छायाँ भए भो तिमी चै
टाढाटाढा भैदेऊ ल
मन नलिए नि मनभरीको
यो माया चै लेऊ ल।३।
एक्लै हिडेको
आजसम्मको यो बाटो सकियो
अचम्म भयो आजको
घुम्ती मतर्फै मोडियो
फर्कन्छु फिर्ता मेरा
पछाडी तिमी नआऊ ल
मन नलिए नि मनभरीको
यो माया चै लेऊ ल।४।
चाहिए मलाई मायाको
न्यानो तिमी सम्झनेछु
नपाएसम्म जुनीजुनीभर
तपस्या बस्नेछु
अहिले मलाई बस्नुछ
एक्लै तिमी गैदेऊ ल
मन नलिए नि मनभरीको
यो माया चै लेऊ ल।५।
स्वीकार गर्छु अस्वीकार
तिम्रो स्वीकृति देऊ ल
मन नलिए नि मनभरीको
यो माया चै लेऊ ल
(२०८१ पुष ११, दिउँसो पौने २ [ पौने १
मा थालेको])
Comments
Post a Comment