कविता कविले लेख्दैन -भुवन अथर
कविता कविले लेख्दैन
-भुवन अथर
कविले कविता लेख्दैन
न कलमले कविता लेख्छ
कलमले लेखिँइदैन कविता
न कविद्वारा लेखिन्छन् कविता
कलमले लेखेको कविता
कविता होइन
साँचो कविता त
कवि मरेपछि जन्मिन्छ
कलमले कविता लेख्थ्यो भने
मैले कलम समाउन जानेदेखी नै
लेख्न थाल्नुपर्ने नि
कैयौँ कविता लेखिसक्नुपर्ने नि
कलमले कविता लेख्थ्यो भने
कलम समाउनासाथ उसले
खररर लेखिसक्नुपर्ने कविता
कलमले कविता लेख्थ्यो भने
कलमलाई अस्त्र बनाएकाहरूले
सहस्रौँ कविता लेखिसक्नुपर्ने
न साहित्यकारले कविता लेख्छ
कविता गीतले लेख्छ
कविता संगीतले लेख्छ
कविता त सामान्य भाषाले लेख्छ
कविता जनजीब्रोले लेख्छ
कविता वाद-सिद्धान्तले लेख्छ
कविता व्यवस्थाले लेख्छ
कविता नदीले लेख्छ
कविता मन्द हावाले लेख्छ
कविता फूलले लेख्छ
कविता बगैँचाले लेख्छ
कविता चराले लेख्छ
कविता आकाशले लेख्छ
कविता समुद्रले लेख्छ
कविता हिमाल पहाडले लेख्छ
कविता दुख-दुखले लेख्छ
कविता हर्ष-विस्मातले लेख्छ
कविता प्रेम-विछोडले लेख्छ
कविता अव्यक्त अभिव्यक्तिले लेख्छ
कविता संघर्ष-कठिनाइले लेख्छ
कविता असफलता-सफलताले लेख्छ
न मसीले नै लेखिन्छन् कविता
कविता कविको हृदयको झंकार हो
त्यही झंकारले लेख्छ कविता
कविता कविको हृदयको ज्वाला हो
त्यही ज्वालाले लेख्छ कविता
कविता कविको हृदयको सौन्दर्य हो
त्यही सौन्दर्यले लेख्छ कविता
न कलमजिवीले लेख्छ कविता
कविता जीवनले लेख्छ
कविता जगतले लेख्छ
कविता समाजले लेख्छ
कविता संस्कार-संस्कृति
र सभ्यताले लेख्छ
कविता गाउँ-सहरले लेख्छ
कविता देशले लेख्छ
कविता बालसुलभताले लेख्छ
कविता भुक्तभोगीले लेख्छ
कविता पढ्नै नजान्नेले लेख्छ
कविता लेख्नै नजान्नेले लेख्छ
कोही सोच्दासोच्दै कविता लेखिसक्छन्
केही भोग्दाभोग्दै कविता लेखिसक्छन्
कसैले त कविता लेख्नु पहिले नै
कविता लेखिसक्छन्
न शब्दद्धारा कविता लेखिइन्छ
कविले अरुको कविता
चोरेर लेख्छ
अरुको कविता हेरेर लेख्छ
अरुको कविता सुनेर लेख्छ
अरुको कविता सुँघेर लेख्छ
अरुको कविता चाखेर लेख्छ
अरुको कविता छामेर लेख्छ
अरुले लेखेपछि कविता
अनि मात्र लेख्छ कविले कविता
कविले लेखेपछि कविता
अनि मात्र लेख्छ कलमले कविता
-फागुन २ गते -
Comments
Post a Comment