मेरो सोच र सिर्जना
ए…, म दुखाउनेहरू
✍️भुवन खत्री (सिकारू)
ए…
'म' दुखाउनेहरू,
मेरो मन दुखाउनेहरु !
भनेकै थिए नि,
मेरो मन नदुखाऊ भनेर !
मेरो मन दुखाएकै कारण,
तिमी कति दुखेका छौ,
तिम्रो मन कति दुखेको छ,
थाहा पायौ होला नि !
ए…
'म' दुखाउनेहरु,
मेरो मन दुखाउनेहरु !
एकपल्ट माफी दिँदा,
तिम्रो के सकिन्थ्यो !
एक शब्द मिठो बोलिदिँदा,
के तिम्रो वचन च्यूत हुन्थ्यो !
एकपल्ट सम्मान दिँदा,
के तिम्रो मान घट्थ्यो !
एकपल्ट नरम भइदिँदा,
के तिम्रो कडा हृदय कोमलै रहन्थ्यो !
आज थाहा पायौ नि,
अरु दुखाउनुअघि आफु दुख्नुपर्छ भनेर !
त्यसैले,
ए…
'म' दुखाउनेहरु,
मेरो मन दुखाउनेहरु !
अरुलाई नदुखाऊ !
अरुलाई सम्मान देऊ !
अरुलाई मिठो बोल !
अरुलाई माया गर !
बस्, यत्ति गर !
ए…
'म' दुखाउनेहरु
मेरो
मन दुखाउनेहरु !
-२०८०/०९/०२ सोमवार
For example to comment !
ReplyDelete