समाचार समिक्षा - प्रेरणाकी स्रोत मनिषा

बिदा समाचार समिक्षा २

लोकान्तरमा हिजो (माघ ५) प्रकाशित एकैपल्ट लोकसेवाका पाँच परीक्षामा पास भएकी मनिषाबारेको फिचर समाचारमा आधारित ।             

प्रेरणाकी स्रोत मनिषा 


लोकसेवाका पाँच परीक्षामा एकैपटक नाम निकालेकी मनिषाका बारेमा त सुन्नुभयो नि ?


सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएको हुँ मैले चाहिँ । यसबारे थप जान्न तब उत्सुक भए, जब एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमार्फतै मनिषाको सफलताको प्रशंसा गर्दै लेखे- “मेहनत गर्न सक्नेलाई नेपालमै अवसर छ भन्ने देखाएकी छिन् मनिषाले ।” त्यति प्रतिष्ठित व्यक्तिले समेत महत्व दिएको विषयमा मैले किन महत्व नदिऊँ ! मनिषाबारे मनग्य जान्ने इच्छा भयो ।


जसै उनीबारे जान्ने इच्छा भयो, गुगलको खोज केन्द्रमा खोज्न थाले । मलाई मनग्य पुग्ने जानकारी ‘लोकान्तर’ अनलाइन न्युज पोर्टर्ली लेखेछ । मलाई मन पर्ने अनलाइन न्युज पोर्टलमध्यको एक यो पनि हो । मैले जान्न चाहेको विषयको शीर्षक लेखेछ - लोकसेवाका पाँच परीक्षामा पास गरेकी मनिषा, अधिकृत बन्ने योजना, अब बिहे गर्ने सोँच ! शीर्षकको उपशीर्षक पनि छ । लेखेछ- अझै २/३ परीक्षामा नाम निस्किने आशा, संघ रोजौँ कि प्रदेश रोजौँ भन्नेमा दोधार ।


मनिषा जिसीको वास्तविक नाम विष्णुघर्ती क्षेत्री । गुल्मीकी हुन् उनी । परिवारको कमजोर आर्थिक अवस्थाको पृष्ठभूमि भएकी मनिषा अहिले आफू चर्चाको विषय बन्दा दङ्ग छिन् । मिडियादेखि सामाजिक सञ्जालसम्म उनी छिन् । सबैले सेयर गर्दैछन्, यो लेखेर कि ‘लोकसेवाका पाँच परीक्षामा एकैपल्ट पास गरेकी मनिषा जिसी लोकसेवामा भिन्न चाहनेहरू कि प्रेरणा स्रोत बनेकी छिन्…।’


मेरो चाहना चाहिँ सरकारी जागिर होइन । पत्रकारिताको पथ रोजेको छु । यो पथले कति आर्थिक उन्नयन होला, कति जागिर सुरक्षित होला भन्न त सक्दिनँ तर ‘स्वान्तसुखाय’ जरुर हुनेछ । स्वान्तसुखाय अर्थात अन्तर्मनको आनन्द ! यो यस्तो आनन्द हो, जो जीवन्त रुपमा जीवनभर रहन्छ । पत्रकारिता मैले सोचेरै रोजेको हो, ‘म’ हेरेरै रोजेको हो । मलाई समाज पढ्नु, बुझ्नु र लेख्नुछ । प्रकृतिसँग निकट हुनुछ, मुख्य त ‘लेख्नुछ’ । मलाई १०-५ मै रहनु छैन, स्वतन्त्र, व्यस्त र मस्त जीवन व्यतीत गर्नुछ । खैर, यो आ-आफ्नै रुचिको कुरा हो । यो मेरो रुचि हो, तपाईंको अलग हुनसक्छ ! मेरा केहि साथी यस्ता छन्, जो लोकसेवामा भिँडेर लोकको सेवा गर्ने मनसायमा छन् । अरु धेरैले विदेशको बाटो ताकिसके !


मनिषाबारे लोकान्तरको त्यो फिचर समाचारमा भनिए अनुसार उनी खुल्ला तर्फबाट यो सफलता हासिल गर्न सफल भइन् । शिक्षाशास्त्र संकायमा स्नातक पढ्दै छिन् रूपन्देहीमा २३ वर्षीय मनिषा मेहनती र सानैबाट पढाइमा अब्बल थिइन्। उनले लोकान्तरसँग छन्, “एक वर्षको निरन्तर मेहनतले नै मैले यो सफलता पाएकी हुँ ।”


“मनले चाहनुपर्‍यो, चाहेको पूरा हुन्छ तब, जब मेहनत र निरन्तरतालाई सँगै लगिन्छ,” उनी थप्छिन्, “पढ्दा पनि मनलाई अत्यधिक दबाब दिएर होइन एकान्तमा आनन्दले पढ्नुपर्यो ।” उनका अनुसार पढ्नेसँगै लेख्ने अभ्यास पनि आवश्यक छ । लेख्दा सफाशुद्ध लेख्नुपर्छ । समसामयिक विषयसँग साक्षात्कार हुनु अनिवार्य ।


मनीषाले ०७१ मा प्रथम श्रेणीमै एसईई पास गरिन् । चाहना सानैदेखि स्वास्थ क्षेत्रमा काम गर्ने । बुटवलको एक कलेजमा छात्रवृत्तिमै नर्सिङ पढिन्, तीन बर्षसम्म । सुरुमा लुम्बिनी प्रादेशिक अस्पतालमा (तीन वर्ष करार) र पछि गाउँकै स्वास्थ्य संस्थामा काम गरिन् । गाउँको स्वास्थ्य संस्थामा काम गरिरहेकै बेला संघ तथा प्रदेशको लोकसेवामा विज्ञापन खुलेको थाहा पाएपछि वर्षदिन अथक मेहनतपछि आठ-दश ठाउँमै परिक्षा दिइन् । पाँचमा पास भइन्, अरु २/३ मा पास हुने आस छ उनमा । तर एकैपल्ट धेरैमा पास हुँदा संघमा जाने या प्रदेश, उनी दोधारमा छिन् । सायद यो स्वाभाविक हो । ‘दुवै हातमा लड्डु’ त सुनेथेँ, मनिषाको दुई हातमा मात्र होइन, शिरदेखि पाउसम्म लड्डु नै लड्डु ! उनी जस्तै जीवनमा कुनैबेला यस्तो क्षण आइदिन्छ, जुन क्षण चौबाटोमा हुन्छौं हामी र कता जानेमा अलमलिन्छौ !


तर उनी अल्मलिएकी होइनन् । राय लिँदैछिन्, निष्कर्ष निकाल्लिन् आफ्नै ।


“देशमा केही सम्भव छैन भनेर परदेश हिँडिरहेका युवाबीच मनिषा अलग देखिएकी छन्,” लोकान्तर लेख्छ, “मनिषाले सन्तानका लागि भारतमा व्यापार गर्ने बुबा तारा बहादुरको शिर उठाइदिएकी छन्, आफूले पनि काम गर्दै भाइबहिनीलाई समेत बुटवलमै पढाएकी छन्, घरमा रहेकी आमालाई ठुलो खुसी उपहार दिएकी छन् ।” मनिषालाई अब त के, न कामको चिन्ता, न जागिरको नै !


लोकसेवामा नाम निकाल्न तयारीका विषयमा उनका केही सुझाव छन् । उनका अनुसार पढ्न धेरै साथीहरूबीच भन्दा शान्त, एकान्त ठाउँ उपयुक्त हुन्छ । पढ्दा आनन्द मनले पढ्ने, नोट बनाउने, दैनिकीसँग सम्बन्धित गराउने, इन्टरनेट प्रविधिको सदुपयोगसँगै समसामयिक विषयमा पनि जानकारी राख्नाले सफल भइन्छ । यसैगरी दैनिक ८ घण्टा पढ्नुपर्ने उनको सुझाव छ । साथसाथै लगनशीलता, धिरता, दृढता लगायतका व्यक्तित्व बनाउन सके राम्रो हुने कुरा पनि उनी सुझाउँछिन् ।


पक्कै, मनिषाको सफलता लोभलाग्दो छ । सायद मनिषाकै जस्तो मेहनत गरेर लगनका साथ काम गर्ने हो भने असफल भइन्न । आज असफल भएँ भन्दै जीवनदेखि हारेका अक्सर युवा विदेशको बाटो मात्र देख्छन्, दोस्रो, तेस्रो प्रयासपछिको सफलता देख्दैनन् । बीच बाटोमै भड्किन्छन् । लगन र निरन्तर भन्ने नै सोच्दैनन् । स्वदेशमै सङ्घर्ष गर्न डराउँछन् । यस्तोमा मनिषा अलग देखिन्छिन्। मनिषकै जस्तो एकैपल्ट त नहोला तर प्रयास जारी राखे सफलता आफुसामुन्यै छ ।

मेरो सवालमा, म (भुवन) त्यस्तो युवा हुँ (हो), जो आफ्नो सुन्दर भविष्यको लागि संघर्षरत छ ।


दिदी मनिषाको सफलताले भाइ मिलनको पनि विदेश जाने मनसाय मरेको छ । उनले पनि दिदीबाट प्रेरणा लिँदै सरकारी सेवामै प्रवेश गर्ने इच्छा भएको कुरा लोकान्तरमा छ । मनिषा मेरा लागि पनि प्रेरणासिद्ध भइसकिन् ।


मनिषाको भाई र मैले जस्तै तपाईंले पनि प्रेरणा लिने कि !?



Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल