नेपालमा समाचार स्रोतको प्रयोग प्रवृत्ति

नेपालमा समाचार स्रोतको प्रयोग प्रवृत्ति “जस्तै पनि, कुनै दश समाचार छान्ने । सबै पढ्ने । पढेर ‘समाचारमा स्रोतको के-कसरी प्रयोग छ’ पत्ता लगाउने अनि त्यसलाई तालिकीकरण वा वर्गीकरण गर्ने । र त्यसैका आधारमा एउटा आर्टिकल लेख्ने । यो कामको लागि तिमीहरुलाई एक हप्ताको ‘डेडलाइन’ छ है !” पत्रकारिता पढाउने गुरु ऋषिकेश खनालले सरसरती एक हप्ताको काम भन्नुभयो। समयसीमा पनि तोकिदिनुभयो । त्यसको दुई-तीन हप्ताअघि मात्र सरले एक महिने समाचार लेखनको काम दिनुभएको थियो । एक भारी पुगिसकेको थियो, त्यसैमा यो थपियो । भार बढ्यो । धेरै साथीहरु आत्तिए । म पनि आत्तिनु स्वाभाविक हो, आत्तिएँ । तर कम आत्तिएँ किनभने लेख्न रहर गर्ने मान्छे जो परेँ । थोरै, विषयबारे ज्ञान पनि त थियो ! सरले दिएको कामका लागि जान्नुपर्ने थियो, समाचारबारे र समाचार स्रोतबारे । पत्रकारितामा समाचार लेखन महत्वपूर्ण र अनिवार्य काम हो । समाचार लेखनका लागि स्रोतको भूमिका त्यति नै महत्वपूर्ण छ, जति पत्रकारितामा समाचारको । नेपाली बृहत् शब्दकोशकाका अनुसार स्रोतको अर्थ यस्तो छ - उद्गमस्थल वा मूलस्थान वा मुहान । तर पत्रकारितामा स्रोतको अर्थ अलि ...