नेपालमा समाचार स्रोतको प्रयोग प्रवृत्ति

 नेपालमा समाचार स्रोतको प्रयोग प्रवृत्ति 


“जस्तै पनि, कुनै दश समाचार छान्ने । सबै पढ्ने । पढेर ‘समाचारमा स्रोतको के-कसरी प्रयोग छ’ पत्ता लगाउने अनि त्यसलाई तालिकीकरण वा वर्गीकरण गर्ने । र त्यसैका आधारमा एउटा आर्टिकल लेख्ने । यो कामको लागि तिमीहरुलाई एक हप्ताको ‘डेडलाइन’ छ है !”

पत्रकारिता पढाउने गुरु ऋषिकेश खनालले सरसरती एक हप्ताको काम भन्नुभयो। समयसीमा पनि तोकिदिनुभयो ।

त्यसको दुई-तीन हप्ताअघि मात्र सरले एक महिने समाचार लेखनको काम दिनुभएको थियो । एक भारी पुगिसकेको थियो, त्यसैमा यो थपियो । भार बढ्यो । धेरै साथीहरु आत्तिए । म पनि आत्तिनु स्वाभाविक हो, आत्तिएँ ‌। तर कम आत्तिएँ किनभने लेख्न रहर गर्ने मान्छे जो परेँ । थोरै, विषयबारे ज्ञान पनि त थियो !

सरले दिएको कामका लागि जान्नुपर्ने थियो, समाचारबारे र समाचार स्रोतबारे ।

पत्रकारितामा समाचार लेखन महत्वपूर्ण र अनिवार्य काम हो । समाचार लेखनका लागि स्रोतको भूमिका त्यति नै महत्वपूर्ण छ, जति पत्रकारितामा समाचारको ।

नेपाली बृहत् शब्दकोशकाका अनुसार स्रोतको अर्थ यस्तो छ - उद्गमस्थल वा मूलस्थान वा मुहान । तर पत्रकारितामा स्रोतको अर्थ अलि अलग छ । 

समाचारमा पत्रकारले आफ्नो निजी विचार लेख्दैन वा आफ्नो धारणा, अनुभूति लेख्दैन, कसैको आधार लिएर लेख्छ । यही समाचार लेखनको पत्रकारिता स्रोत नै स्रोत हो । शब्दकोशलाई समेत आधार मानेर सरल शब्दमा भन्दा, समाचारको मुहान नै समाचार स्रोत हो । अर्थात् जहाँबाट समाचारका लागि सूचनाहरू वा जानकारीहरु पाइन्छ, त्यो नै समाचारको स्रोत हो । स्रोतका धेरै प्रकार छन् तर यहाँ प्रकार होइन, प्रयोगबारे बढी चर्चा चलाइनेछ ।

अर्थात् नेपालमा समाचार स्रोत प्रयोगको प्रवृत्तिबारे बढी चर्चा हुनेछ ।

मैले अनलाइनखबर, कान्तिपुर, सेतोपाटी, उकालो, लोकान्तर र विजमान्डु लगायत अनलाइन न्युज पोर्टलबाट दश समाचार छानेँ । जसमा मूलधार बाहेकका पोर्टल पनि छन् । देश मध्ये एकदुई ‘हार्ड न्युज' बाहेक सब ‘सफ्ट न्युज’ छन् । किनभने समाचार स्रोत प्रयोगबारे जान्न मलाई लामा समाचार नै उपयुक्त लाग्यो । लामा (सफ्ट) समाचार पनि फरक विट(क्षेत्र विशेष) को छानेँ ताकि वर्गीकरणमा फरकपन आओस् । यद्यपि, राजनीति विषयकै बढी छन् ।

समाचारको स्वरुपअनुसारका स्रोत

दश वटै समाचारका स्रोत विश्लेषण गर्दा समाचारको स्वरुप वा प्रकारअनुसारका स्रोत प्रयोग भएको पाइयो । भन्नाले, हार्ड र सफ्ट न्युजको स्रोत प्रयोगको प्रवृत्तिमै विविधता देखियो । हार्ड न्युजमा बढी औपचारिक स्रोतको प्रयोग छ भने सफ्ट न्युजमा मिश्रित (औपचारिक र अनौपचारिक दुवै) छ । 

अरु सम्भावित उपशीर्षक:

हुबहु (copy-past) समाचारले ल्याएको विकृति र अविश्वसनीय बन्दै गएको पत्रकारिता

स्रोत प्रयोगमा पनि सन्तुलन छैन भने

हार्ड न्युजमा औपचारिक स्रोत, सफ्ट न्युजका लागि मिश्रित स्रोत 

गोप्य नराख्नु पर्ने स्रोत गोप्य, राख्नुपर्ने खुला

स्रोत बिनाका समाचार

स्रोतले पत्रकार खोज्दै आओस् !

पत्रकार सबै आफैँ !

स्रोतमाथि विश्वास गर्दा …

जति गहन समाचार, त्यति बढी स्रोत 

स्रोतले बताएको हो कि आफैँले !(?)

जोसुकै पनि हुन सक्छ समाचार स्रोत

औपचारिक स्रोत बढी विश्वसनीय

अरुले भनेका कुरा भन्ने अनेक तरिका

उद्दरण प्रयोगमा उथलपुथल




  












Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा