हाम्रा तेल मिल खोज्दै हिड्नु नपरोस् !
हाम्रा तेल मिल खोज्दै हिड्नु नपरोस् !
तस्वीरमा एक बृद्ध छन् । उनी इँटाबाट निर्मित बन्द कोठाभित्र मेशिनमाथि बल प्रयोग गर्दै छन् । मेशिन हेर्दा लाग्छ, यो चक्का हो र घुम्छ । कोठाको भुइँ र भित्त्तामा के के अनेक सामग्री छन् । खुल्ला ढोकाले कोठा उज्यालो छ ।
माथि वर्णित तस्वीर एक समाचारको हो ।
खासमा त्यो मेशिन तेल मिलको हो । तेल पेल्ने मेशिन । त्यो चक्का नै हो । चक्का मेशिनको । तोरीका दाना पेलेर तेल निकाल्ने मेशिन । मेशिन भन्नाले आधुनिक होइन, परम्परागत तोरी पेल्ने मेशिन ।
मैले पढेको सामाचार त्यही तेल मिल सम्बन्धि हो । ‘हाम्रो तेल मिल खोज्दै हिड्नुपर्यो भने !’ शीर्षकको समाचारले हाम्रा परम्परागत प्रविधि कसरी लोप भए र किन तिनलाइ ब्यूँताउन जसरी छ भन्ने बोध गरायो । थोरै डर पनि लाग्यो । शीर्षक नै विस्मयपूर्ण छ, यो कारण कि हाम्रा परम्परा मासियमा कस्तो होला ।
सेतोपाटीमा फागुन ४ मा प्रकाशित उक्त समाचारमा सबिना श्रेष्ठको बाइलाइन छ । पत्रकारिताका गुरूका अनुसार सबिना श्रेष्ठ तिनै नानीको नाम हो, जो स्वाभावैले कम बोल्ने थिइन्, कम घुल्छिन् । सबिना रत्नराज्यमै तीनै गुरूका साथ पढिन्, जोसँग हामी पढ्दै छौँ । पत्रकारीताको पाठ सिक्दै छौँ । खैर, उनै सबिना श्रेष्ठको समाचार मैले पढेको हुँ ।
पढ्दै जाँदा सुरूमै खोकनाका कान्छा महर्जनसँग भेट भयो । कान्छा महर्जन खोकनाको सामुदायिक तोरी मिल ‘गाबु ज्याः सा’ का सञ्चालक हुन् । “खोकना काठमान्डु उपत्यकाको दक्षिणी खण्डमा पर्ने नेवार बस्ती हो”, समाचारमा छ, “तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेरले सन् १९११ मा नेपालभरीमा पहिलोपल्ट यो बस्तीमा बिजुली पुर्याएका थिए ।“ खोकनाको अर्को विशेषता के भने यो तोरी र तोरीको तेलका लागि प्रसिद्द ठाउँ हो ।
लेखकले सुरूमै खोकना पुग्नुको सन्दर्भ खोलेकी छिन् । लेखक एक कार्यक्रममार्फत त्यहाँ पुगेकी छिन् । त्यहाँ अरू सहभागीहरू पनि पुगेका छन् । सहभागीलाइ कुनै ठाउँ आफैंमा कसरी संग्रहालय बन्न सक्छ भन्ने सिक्नु थियो ।
खोकना पुगेपछि सहभागीहरू तीन भागमा विभाजन भए- खेत, राजकुलो र तोरी मिल ।
खेत भन्नाले तोरी खेती वा तोरी वारी हो । राजकुलोले खेतीका लागि सिँचाइ सुविधालाइ जनाउँछ । यो सब तोरी मिलसँग सम्बन्धित छ । भन्नाले, तोरी मिल तब चल्छ, जब सिँचाइ सुविधा हुन्छ र तोरी फल्छ ।
समाचारमा उल्लेख छ, लेखक खोकना पुग्दा खेत बाँझै थिए । राजकुलोमा पानी थिएन । र, सामुदायिक तेल मिल एउटा मात्र सञ्चालनमा थियो ।
त्यो मिल थियो, कान्छा महर्जनको ‘गाबु ज्या: सा’ । यो नेवारी नाम हो । नेवारीमा मिल वा कोललाइ नै ‘सा’ भनिन्छ । समाचारका अनुसार खोकनामा त्यस्ता तीन मिल खुलेका थिए – गाबु ज्या: सा, कुटु सा र न्हु सा ।
न्हु सा सबैभन्दा नयाँ मिल हो । यो सन् १९०२ मा सञ्चालनमा आएर सन् १९९० मा बन्द भयो । न्हु सा भन्दा अलि पहिले सञ्चालनमा आएको हो । यी दुबै भन्दा पुरानो हो कुटु सा । यी मिलको आयु क्रमश १२२ वर्ष, ५ वर्ष र ६ वर्ष हो । अहिले जिवित छ गाबु ज्या: सा मात्र । जिवित राख्ने हुन् कान्छा महर्जन ।
अरू सामुदायिक मिल जस्तै गाबु ज्या: सा पनि बन्द थियो ३० वर्षदेखी । यसरी बन्द हुनुमा व्यावसायिक र व्यक्तिगत मिल खोल्ने क्रम तीव्र हुनु हो । जसै मिल बन्द भए, मिलमा काम गरिराखेका कान्छा बेरोजगार भए । त्यसपछि उनी निजामती सेवातिर लागे । सेवा निवृत्त भएर ३० वर्षपछि पुन: मिल सञ्चालनमा आएको छ । उनैले चलाइराखेका छन् ।
कान्छा सम्झन्छन्, ति तीन तेल मिलको काठमान्डु बर्चस्व । सम्झिन्छन्, तेल बच्नकै लागि कहाँ कहाँ सम्म पुगेको र बेचेको साटो पैसा नभएर तोरी नै माग्ने गरेको । कान्छा तोरी बेचेभन्दा पिनामा बढी फाइदा हुने बताउँछन् ।
आज आएर कान्छालाइ चिन्ता छ, घट्दै गरेको तोरी खेती र विदेशबाट ल्याउनुपर्ने बाध्यात्मक स्थितिबारे । आफुले तोरी खेती र मिल चलाउने आँट गरे पनि सरकारको सहयोग नहुँदा अझ चिन्तित छन् । तोरी खेतीका लागी सिँचाइ सुविधा उपलब्ध गराउँन सरकारलाइ उनको अपिल छ । विशेष, धेरै वर्षदेखी जिर्ण राजकुलो पुन: ब्यूँताउन अपिल छ ।
अहिलेको
समय वर्षा पनि राम्रोसँग भएको छैन । यस्तोमा राजकुलो पनि नहुँदा मिल सञ्चालक मारमा
छन् ।
तोरी तेल मिलको ऐतिहासिक ठाउँको प्रबर्धनको विषय र कान्छा महर्जन जस्ता मिल सञ्चालकका गुनासा लिएर सबिना सरकार वा सरोकारवालाकहाँ पनि पुगेकी छिन् । उनीहरूको प्रतिक्रिया सुन्दा लाग्छ,
खोकनाको प्रबर्धन गर्न सरकार कत्ति पनि चिन्तित छैन । खोकनामा बन्ने भनिएका ठुला
परियोजना राजकुलो व्यवस्थापन गर्नमा बाधक बनेको कुरा स्थानीय सरकार स्वीकार गर्छ ।
तर, त्यसको आफुले विरोध गरेको बताउँछन् अर्का वडा प्रतिनिधि । खोकनाको सामुदायिक
तोरी मिलमा पनि वडालै चासो दिएर काम गरिरहेको उनको भनाइ छ ।
समाचारमा एक
कथन उद्धतयोग्य छ - 'हामीसँग भएकै ज्ञान र सीप परिचालन गर्न सकियो भने त्यो आफैंमा संग्रहालय हो,' रैथाने खाजाघर 'लाछी' का सञ्चालक पनि रहेका हरिनाथले भने, 'कुनै दिन हाम्रो तोरीको मिल, यहाँको बिउ वा संस्कृति, परम्परा र सीपहरू संग्रहालयमा खोज्दै हिँड्नुपर्यो भने त्योभन्दा दुःखको कुरा अर्को नहोला
समाचामा यो अन्तिम कथन हो । यसै कथनका आधारमा समाचारको शीर्षक जुराइएको छ ।
मलाइ पनि के लाग्छ भने, हाम्रा मौलिक पहिचान र परम्परा नै आफैँमा एक संग्रहालयका
रुपमा छन् । हामीले गर्ने भनेमको यिनको संरक्षण हो । संरक्षण पाएमा मात्र हाम्रा
परम्परागत ज्ञान, सिप र प्रविधि नवपुस्तालाइ हस्तान्तरण गर्न सकिन्छ । तब मात्र
हाम्रो परम्परा जिवन्त हुन सक्छ । यो गर्न आजै लागौँ । नत्र
हरिनाथ डंगोलले भनेझैँ हाम्रा परम्परा खोज्दै हिँड्नुपर्यो भने त्योभन्दा दुःखको कुरा अर्को नहोला ।
वर्षौंदेखि सञ्चालनमा नआएका र भूकम्पले क्षति पुर्याएका मिललाई अनुदान दिएर निर्माण नगरिए र पुनः सञ्चालनका लागि सहकारीसँग समन्वय गर्न नसकेमा तेल मिल प्रविधि र यसको परम्परा मासिएर जानेछ । त्यसैले
यसतर्फ ध्यान दिनुपर्छ । परम्परागत तरिकाले चल्दै आएको सेयर प्रणालीलाई पनि नयाँ ढंगले आधिकारिक रूपमा सञ्चालन गर्नुपर्ने प्रावधान गर्न सकिएमा पनि ‘गाबु ज्या: सा’जस्ता धेरै मिल जिवित फर्कनेछन् ।
![]() |
म । |
Comments
Post a Comment