आर.आरमा सप्ताहव्यापी कार्यक्रम सुरू

 

आर.आरमा सप्ताहव्यापी कार्यक्रम सुरू

काठमाडौँ, फागुन १४ । भुवन खत्री ।। 
रत्नराज्यलक्ष्मी क्याम्पसमा बृहत अखिल रचनात्मक कार्यक्रम सुरू भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नेरास्ववियु आर.आर कमिटीको आयोजनामा सप्ताहव्यापी चल्ने कार्यक्रममा विभिन्न १२ विधामा प्रतियोगीता हुनेछ प्रतियोगीतामा स्नातक तहमा अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्

आज उद्घाटन कार्यक्रममा बोल्दै नेरास्ववियु आरआर कमिटीका अध्यक्ष लोकेश कुमार खड्काले आफुले विभिन्न समयमा यस्ता कार्यक्रम चलाउने गरेको बताए । नेरास्ववियु आरआर कमिटीले सधैँ विद्यार्थीको हितमा काम गरिरहेको छ", उनले भने, हरेक समय हामी तपाईसँगै छौ ।"

क्याम्पस प्रशासनले विद्यार्थीलाई दुख दिएको भन्दै हरेक समय खबरदारी गरिरहेको र गरिरहने उनको भनाई छ ।

कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउनुका साथै पढाइमा पनि सघाउने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीको भनाइ छ ।

आजबाट सुरू भएको कार्यक्रम फागुन २१ गतेसम्म हुनेछ १२ विधाका प्रतियोगिताअन्तर्गत आज महिला पुरूष भलिबल हुनेछ भोलि फागुन १५ गते चेस क्यारमबोर्ड, १६ गते वक्तृवकला फुटसल, फागुन १७ मा महिला/ पुरुष कबड्डि कथा वाचन प्रतियोगिता हुनेछ यस्तै महिला/पुरुष ब्याडमिन्टन १८ गते१९ गते शनीवार २० गते हाजिरिजवाफ निबन्ध प्रतियोगिता हुनेछ भने अन्तिम दिन २१ गते गजल, कविता वाचन प्रतियोगिताका साथै पुरस्कार वितरण गरेर कार्यक्रम समापन हुनेछ

 

 

 



Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल