'अफवाह फैलाउनु महापाप हो'
'अफवाह फैलाउनु महापाप हो'
“...र यो दुवै प्रकरणबारे खोजेर, पढेर कान्तिपुरले
गरेका यी गल्तीबाट के सिक्यौ, त्यो लेख्नु !”
पत्रकारिताका गुरु
ऋषिकेश खनालले कक्षाको अगाडिबाट ‘शुक्रवारीय काम’ अह्राउँदै
हुनुहुन्थ्यो । सरले सुरुमा भन्नुभएथ्यो,”नेपाली पत्रकारितामा यस्ता कयौँ ‘मिस-इन्फरमेसन’ का उदाहरण छन्, जसबाट धेरै
प्रभावित पनि भए । अझ, पूरै मिडिया क्षेत्र नै प्रभावित बन्यो ।
विशेषगरी, कान्तिपुर लगायतका धेरै पत्रपत्रिकाले यस्तो भ्रामक र गलत समाचार छापे, जुन पछि गएर
अप्रमाणित भयो । यस्तै बहुचर्चित काण्ड हुन्- अनुजा प्रकरण र रसेन्द्र प्रकरण । गल्ती
भए माफी माग्ने सुविधा पत्रकारितामा छ । कान्तिपुरले एउटा समाचारमा माफी मागे पनि
अर्कोमा मागेको छैन, अझै...।”
गुरुले भनेअनुसार
गलत समाचार छापिएका कयौँ प्रकरण छन्, असंख्य उदाहरण दिन सकिन्छ । तर बढी चर्चामा
आएका, मिडिया क्षेत्रले सम्झिराख्ने उपर्युक्त दुई प्रकरण प्रमुख हुन् ।
के हो अनुजा
प्रकरण ?
गुगल खोज
केन्द्रमा खोज्दा यसबारे दुईटा समाचार भेटिए । एउटा ‘धन्य अनुजा’ शीर्षकमा, बैशाख ७ २०६८ को ।
अर्को, ‘स्यावास अनुजा’, जुन अर्को दिन
प्रकाशित छ । दुवैमा हर्ष सुब्बाको वाइलाइन छ ।
अनुजा बानियाँ, जसले धरानको एक
बसभित्र ९१ लाख पैसा, दुई हार हिरा र अन्य कागजातसहितको कालो झोला
भेट्टाएको र त्यसलाई सम्बन्धित व्यक्तिलाई बुझाएर पुण्यको काम गरेको कुरा समाचारमा
छ । समाचारका अनुसार उक्त पैसा काठमाडौं सितापाईला निवासी पुरुषोत्तम पौडेलको थियो
। उनी छोरीले विदेशबाट पढाएको पैसा लिएर घर किन्न (छोरीलाई) धरान पुगेका समाचारमा
उल्लेख छ । जव अनुजाले आफुले भेटेको पैसासहितको झोला पौडेललाई बुझाइन्, पौडेलले दुई लाख र
एक हिराको हार पुरस्कारस्वरुप दिन खोजेको तर लिन नमानेको प्रसंग कान्तिपुरको उक्त
समाचारमा छ । यो ‘धन्य अनुजा’ शीर्षकको समाचारको प्रसंग भयो । भने ‘स्यावास अनुजा’ शीर्षकको समाचारमा
अनुजाको त्यो पुण्य कामको प्रशंसा गर्दै तत्कालिन राष्ट्रपति रामवरण यादवले
फोनमार्फत स्यावासी दिएको उल्लेख छ ।
कुनै पनि समाचारमा
उक्त समाचारको पुष्ट्याइँका लागि तस्वीर अनिवार्य चाहिन्छ । वास्तविक तस्वीर नभए
पनि कुनै न कुनै संकेत चित्र चाहिन्छ । तर, दुवैमा यो छैन । अनि, समाचारको
प्रस्तुती शैली यस्तो कि पत्याउनै कठिन । ‘यद्यपि त्यो समय धैरैले पत्याए’ सरले भन्नुभएथ्यो
। सरका अनुसार पछि यो पुष्टि भयो कि तीँ २२ वर्षीया अनुजा मानसिक रोगी थिइन् । मानसिक रोगी
अनुजालाइ चर्चा चाहिएछ । चर्चाको भोकले उनले आफूले त्यो नगदसहितको झोला भेटेको
भनेर पत्रकारलाइ भनिछिन्र । अनि त पत्रकारलाइ के
चाहियो । खुराक पुग्यो ।
र, कान्तिपुरले दायाँ बायाँ नसोचि
सोझै समाचार छापिदिएछ । समाचारमा अनुजाबाहेक सबै काल्पनिक पात्र र परिवेश छ ।
भन्नाले, कान्तिपुरले छापेको समाचारमा उक्त झोला काठमान्डौंका पुरुषोत्तमको र राष्ट्रपतिले
फोनमार्फत प्रशंसा गरेको भन्ने कुरा सब गलत थियो, काल्पनिक थियो, भ्रामक थियो ।
स्मरण रहोस् कि कान्तिपुरको उक्त समाचार छापेको त्यो यस्तो समय थियो, जतिबेला
सुचना प्रविधिको यति विकास थिएन । सुचनाका साधन सिमित थिए ।
रसेन्द्र भट्टराई प्रकरण के हो ?
२ कात्तिक २०६० मा ‘कान्तिपुर’
दैनिक, द काठमाडौँ पोस्ट लगायत पत्रिकाले एउटा
अफवाहपूर्ण, कपोलकल्पित र भ्रामक समाचार छापे । समाचारमा एक खासै त्यस्तो हैसियत
नभएका रसेन्द्र भट्टराईलाई ‘खर्बपति’का रूपमा प्रस्तुत गरिएको छ । डा. आरबी
उपनामका रसेन्द्र भट्टराईको अमेरिका, बेलायत लगायत देशका धनाढ्यसँग सम्पर्क र
चिनजान रहेको भन्दै उनलाइ धनाढ्य देखाइएको छ । विभिन्न देशमा ठुला बंगला, निजी
हवाइजहाज भएको र संसारकै ठुलो ट्रस्टका संचालकसमेत भएको समाचारको सुरूमै उल्लेख छ
। एक प्रकारले सारा गफ छ । सबैभन्दा ठुलो गफ, एक रातकै रू ७० हजार पर्ने सोल्टी
क्राउन प्लाजास्थित देशकै महंगो कोठा गोसाइँकुन्ड सुइट्समा दुइ महिनादेखी बस्दै
आएको कुरा । जबकि ठुलाठुला धनाढ्य पनि बढिमा पाँच दिन बस्छन् । यस्तो अपत्यारिलो र
कपोलकल्पित समाचार लेख्ने हुन्, प्रतिक प्रधान । उनी रसेन्द्र भट्टराईको
अपत्यारिलो गफलाइ पत्याउन पुगे र समाचार
लेखे । भट्टराई पनि मिडियालाई झुक्याउन सफल देखिन्छन् । तर त्यो गलत हो
भन्ने पुष्टि भइसक्दा पनि ती मिडियामा कहिल्यै पनि गल्ती स्वीकार्ने काम भएन ।
२०७५ माघमा ‘नेपाल लाइभ’मा
प्रकाशित ‘पत्रकारिताका सात महापाप’ शीर्षकको भानुभक्त आचार्यको विचार यहाँ राख्नु
उपयुक्त होला । उनी पत्रकारिताका प्राध्यापक हुन । लेखक हुन् । उनको भनाइमा अफवाह
फैलाउनु महापाप हो । आचार्य उपर्यक्त प्रकरणलाइ उदाहरणका रूपमा पेश गर्छन् ।स्स्
उनको भनाइ जस्ताको तस्तै ;
पत्रकारिताका नाममा अफवाह फैलाउनु
चौथो महापाप हो। वास्तविक तथ्यभन्दा बढाइचढाइ गरेर लेख्ने, भएका कुरा हटाउने र नभएका कुरा थप्ने कामले समाचार होइन, उपन्यास लेखिन्छ। हुँदै नभएको उद्धरणहरु राख्ने, गोप्य
स्रोतका अनुसार भनेर मनगढन्ते स्रोत राख्ने र आफूलाई मन लागेको कुरा भन्ने यस
पापका विशेषता हुन्। काल्पनिक लेखाइले पाठकलाई दिग्भ्रमित पार्छ। कुनै खास
एजेन्डातर्फ पाठकलाई डोहोर्याउँछ। पत्रकारिता र सिनेमामा के फरक छ भने पत्रकारिता
सबै सत्यघटना र विवरणमा आधारित हुन्छ। सिनेमा काल्पनिक वा सत्य घटनामा आधारित भए
पनि विवरण पूर्णतः काल्पनिक हुन्छ। त्यसैले सिनेमाको सुक्षरुमा 'यस घटनाका सबै पात्रहरु काल्पनिक हुन्, कसैको जीवनमा
मेल खाएमा त्यो संयोग मात्र हुनेछ' भन्ने वाक्य राखिएको
हुन्छ। अहिलेको पत्रकारितामा ‘यहाँ उल्लिखित तथ्य, विचार,
उद्धरण, चित्र वा श्रव्यदृश्य सामग्री सबै
सक्कली हुन्, काल्पनिक होइनन्’ भनेर कबुल गर्नु पर्ने अवस्था
आइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड
ट्रम्पले चर्चामा ल्याएको अंग्रेजी शब्द ‘फेक न्युज’ले पनि कपोलकल्पित समाचारलाई
जनाउँछ। यस्तो समामाचार पूरै काल्पनिक हुन्छ भन्ने
छैन तर कतिपय पात्र वा सन्दर्भ वा उद्धरण वा स्रोत काल्पनिक हुन्छन्, जसलाई प्रयोग गरेर समाचार पत्रकारले इच्छाएको
आसय झल्काउन प्रयोग गर्दछ। बहुअर्थी समाचार शीर्षक राख्ने, तस्बिरहरु
अनर्थ लाग्ने गरी सम्पादन गर्ने, आधिकारिक जस्तो देखाउन
समाचारमा हुँदै नभएका मानिसको भनाइ राख्ने आदि। अमेरिकाको ‘बजफिड’ नामक संस्थाले
गरेको अध्ययन अनुसार अमेरिकी राष्ट्रपतिको निर्वाचनका बेला फैलाइएका २० वटा
अफवाहले मूलधारका सञ्चारमाध्यमले प्रस्तुत गरेका २० मुख्य समाचारले भन्दा बढी
सर्वसाधारणलाई आश्वस्त पारेका थिए। प्रोपगन्डा
पनि एक प्रकारको कपोलकल्पित समाचार नै हो, जसमा
सत्यतथ्यको केही हिस्सा त हुन्छ तर बनावटी कुरा थपेर त्यसलाई वास्तविकभन्दा भिन्न
देखाइन्छ। उदाहरणका लागि बेलायत र अर्जेन्टिनाबीच भएको १९८२ को फकल्यान्ड युद्धमा
गोर्खा फौजका बारेमा बेलायती सञ्चारमाध्यमले अफवाह फैलाए, जस्तैः
गोर्खालीहरुले खुकुरी झिकेपछि शत्रुलाई १२ फिट पर भए पनि नकाटी छाड्दैनन् र
गोर्खालीहरुले शत्रुसेनालाई मारेर रगत पिउँछन्। कपोलकल्पित समाचार भनेर नेपालमा
पनि रसेन्द्र भट्टराई काण्ड, हृतिक रोशन काण्ड, श्रीषा आत्महत्या प्रकरण, भक्तमान काण्ड लगायत चर्चामा
छन्। समाचारमा बनावटी कुरा मिसिएको छ भने हटाउने जिम्मेवारी पत्रकारको हो। तर
पत्रकार नै बनावटी कुरा थपेर आफ्नो स्वार्थसिद्धि गर्न लाग्छ भने त्यो पत्रकारिता
पेसाका लागि कलंक हो।
र, अन्तमा..
अनुजा र रसेन्द्र प्रकरणपछि पनि
नेपाली पत्रकारितामा कयौँ प्रकरण देखा परे । अझ, कान्तिपुरले त्यस्ता गल्ती गर्यो
। लिडर मिडियाले नै यस्तो गर्छ भने अरूले गरेनन् वा गरेका छैनन् भन्न सकिन्न । हामी
पत्रकारिता पढ्दै गरेकाले पनि नेपाली पत्रकारितामा भएका यस्ता गल्तीबाट सिक्नुपर्छ
। गल्ती दोहोर्याउनु हुँदैन । मिडिया नै मिथ्या भयो भने समाज के होला ?
सोच्नुपर्ने छ ।
Comments
Post a Comment