विश्व सामाजिक मञ्च’को सोह्रौँ सम्मेलन सम्पन्न
‘विश्व सामाजिक मञ्च’को
सोह्रौँ सम्मेलन सम्पन्न
काठमाडौँ, फागुन ७ || भुवन खत्री ||
सम्मेलनमा ६ महादेश र ९८ देशका ३० हजार बढीले
सहभागीता जनाएका थिए । उक्त सम्मेलनमा एक हजार चार सय बढी संस्थागत सहभागिता थियो
। विभिन्न सांस्कृतिक झाँकीका साथ सुरू भएको सम्मेलन आज विभिन्न कला, सांस्कृतिक
कार्यक्रम, प्रदर्शनी र अर्को विश्वको परिकल्पना साथ सकिएको हो ।
सम्मेलनमा मूल १३ विधामा करिब ४ सय बढी कार्यक्रम दर्ता थिए । सहभागी संस्थाले भृकुटीमण्डप र आसपासका आर. आर,
ल र बालमिकी लगायत कलेजमा समेत आफ्ना कार्यक्रम सञ्चालन गरेका थिए । सम्मेलनको उद्घाटन युनियनकर्मी लक्ष्मण बस्नेतले गरेका थिए ।
सम्मेलनमा भारत, अमेरिका लगायत देशका मानव
अधिकारकर्मी, किसान, दलितका अधिकारकर्मी, राजनीतिज्ञ र अर्थशास्त्री उपस्थित थिए ।
मूलतः सम्मेलनमा मानव अधिकार, महिलाका सवाल
(हिंसा, विभेद, असमानता, बलात्कार), सामाजिक सवाल (गरिबी, बेरोजगारी भोकमरी लगायत),
युद्ध, शान्ति र सुरक्षा सवाल, वातावरणीय सवाल (जलवायु परिवर्तन, संकट र समाधान),
विश्वराजनीतिक सवाल, भूमी र अर्थमा पहुँच जस्ता सवालमा छलफल, अन्तरक्रिया र
सचेतनाका काम भएका छन् ।
कार्यक्रमकका आयोजक तथा सहभागीहरूले
अभिव्यक्तिका विभिन्न कला, सांस्कृतिक कार्यक्रम, प्रदर्शनीलगायतबाट सामाजिक विभेद, गरिबी, भोकमरी, अशिक्षा, स्वास्थ्य
समस्या, बेरोजगारी,असमानता, हिंसा, द्धन्द्ध, युद्ध आदि
विरूद्धमा सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेका छन्।
काठमाडौंबाट विश्वसम्म भन्ने नारा तय गरी
सम्पन्न भएको विश्व सामाजिक मञ्चको कार्यक्रमअन्तर्गत विश्व महिला मञ्च, वर्ल्ड डिगनिटी फोरम, श्रमिक अधिकार
मञ्च, किसान अधिकार मञ्च, आदिवासी जनजाती मञ्च, मानवअधिकार सभा, बालबालिका सभा जस्ता अहिलेका मूल विषय र मुद्दामा छलफल एवं बहस भएका छन्।
विश्व सामाजिक मञ्च सामाजिक अभियन्ताहरूको थलो हो। समाजमा पिँधमा रहेका महिला, युवा, किसान, दलित, श्रमिक, आदिवासी जनजाती, मधेशी, अपांगता भएका मानिसहरू, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय आदिको आवाज लिएर विश्व सामाजिक मञ्च अगाडि आएको हो।
उक्त कार्यक्रम सन् २००१ मा ब्राजिलबाट सुरू भएको थियो।
थप तस्बिरहरु हेर्नुहोस् :
Comments
Post a Comment