शोककाव्य
'शोककाव्य' 😥😥😢
प्रभूलाई तिमी जस्तै महामाता खाँचो पर्यो
दैवले नि दीनैलाई दियो दुख यो के गर्यो !
प्राणदाता तिमी थियौ, आज तिम्रै प्राण गयो
भयो सारा घरै शुन्य, मातृसु:ख उजाडियो ।।
आमा तिमी अजर-अमर सन्तानका मुटुमा छौ
तिम्रै कोखबाट तिमी छोरी बनि जन्मेकी छौ ।
धन्य तिमी महामाता आफूजस्तै आमा दियौ
बिसन्चोको शरीर फेरी सन्चो, नयाँ स्वरुप लियौ ।।
यस्तो लाग्छ, छौ नि तिमी हामीसँगै वरिपरि
खै, हो किन 'आमा' बक्छु हरेक दिन घरिघरि ।
छाेरा बनि हरेक जन्म आमा तिम्रै कोख भरुँ
प्राणप्रिय मेरी प्रिया तिमी सँगसँगै मरुँ !!
हिड्दै छौ कि हिडिसक्यौ, पुग्ने कुन् हो लोक तिम्रो
पर्खी बस म नि आउँछु हो कुन् लोक्को चोक तिम्रो।
मिल्ने भए मै मर्दिन्थेँ, तिमी उस्तै आउँथ्यौ भने
मिल्ने भए मेरै दिन्थेँ नयाँ जुनी पाउँथ्यौ भने ।।
मैले देखेँ, खहरेले बगाएथ्यो, सपनीमा
सपनाले सत्य बोल्यो, जसै भयो विपनीमा ।
आमा तिमी जहाँ जान्छौ, जता जान्छौ खुसी बस्नू
देव पनि देवी तिमी स्वर्गीय सयल बस्नू ।।
मस्तिष्कको एक कुना संवेदनाहीन जस्तो
प्रकृतिको नियम् नि खै घिनलाग्दो कस्तो कस्तो ।
आशिष देऊ आमा मलाई बन्न सकूँ एकलव्य हृदयको मनोभाव लेख्यो मनले शोककाव्य
रचित : काठमाडौँ - बाजुरा बस यात्रा २०८०/०४/२०
Comments
Post a Comment