Hard News-1 ‘संसदीय अभ्यासबारे युवा पुस्तालाई ज्ञान हुनुपर्छ’ : एमाले सांसद महेश बर्तौला

 ‘संसदीय अभ्यासबारे युवा पुस्तालाई ज्ञान हुनुपर्छ’ : एमाले सांसद महेश बर्तौला


काठमाडौँ, माघ २२ । भुवन खत्री ।

एमाले सचेतक तथा सांसद महेश बर्तौलाले युवा पुस्तालाई संसदीय अभ्यासबारे जानकारी हुनुपर्ने बताउनुभएको छ । प्रदर्शनीमार्ग स्थित रत्नराज्यलक्ष्मी क्याम्पसको ‘नमुना संसद अभ्यास कार्यक्रम’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


कार्यक्रममा संसदीय अभ्यासबारे जानकारी दिँदै बर्तौलाले भन्नुभयो, “संसदमा सांसदहरुले जतिबेला पनि बोल्न सक्ने हुँदैन । सांसदलाई बोल्न आकस्मिक, विशेष र शुन्य गरी तीन प्रकारको समय हुन्छ ।” कुनै आकस्मिक विषयमा बोल्नुपरे सभामुखलाई पुर्व जानकारी दिनुपर्ने अभ्यास रहेको उहाँको भनाइ छ । उहाँका अनुुसार शुन्य समयमा बोल्न सांसदसँग एक मिनेटको समय हुन्छ । यसका लागि पनि ‘रोलक्रम’ को नियम हुन्छ । विशेष समय राजनीतिक पार्टीको लागि हो । तर प्रतिपक्ष दलका नेता, पूर्व मन्त्रीहरुको हकमा कुनै समयसीमा नहुने र रोष्टमसमेत प्रयोग गर्न पाउँने उहाँको भनाइ छ । विधेयकमा छलफल हुँदा मात्र अन्य सदस्यले रोष्टम प्रयोग गर्न पाउँने उहाँको भनाइ छ ।

कर्यक्रममा बर्तौलाले भन्नुभयो, “कानुन बनाउने, सरकार निर्माण गर्ने, सरकारको निगरानी गर्ने र राज्यका स्रोत परिचालन गर्ने गरी सांसदका प्रमुख चार काम हुन्छन् ।” कानुन बनाउन सबैभन्दा पहिले विधेयक तयार गर्नुपर्छ । विधेयकलाई कानुनको ‘कच्चा पदार्थ’ का रुपमा बुझ्नुपर्ने उहाँको भनाइ छ ।


विधेयकलाई कानुन बनाउने पनि प्रक्रिया हुन्छ । प्रकियाका बारेमा उहाँले भन्नुभयो,”विधेयक सर्वप्रथम संसदमा दर्ता हुन्छ । त्यसपछि विज्ञलाई समेत राखेर दफावार छलफल चलाइन्छ । छलफलको काम सकिएपछि अन्तिममा राष्ट्रपतिद्वारा विधेयक पारित भयो भने बल्ल त्यो कानुन बन्छ ।”

साथै, सांसदले आफु संसदमा उपस्थित भइरहँदा अनुशासित र मर्यादित हुनुपर्ने र प्रस्तुत हुँदा पनि ज्ञानगत र भाषागत कुरामा ख्याल गर्नुपर्ने जानकारी दिनुभयो ‌। संसदका सदस्यहरुको संरचनाबारे पनि उहाँले बताउनुभयो । सत्तापक्ष र प्रतिपक्षका आधारमा सांसदको बस्ने स्थानको पनि जानकारी गराउनुभयो ।

राजनीति होइन, राजनीतिक नेतृत्व खराब भएको बताउँदै राजनीतिलाई पुरै नकारात्मक रुपमा नलिन युवालाई आग्रह गर्नुभयो ।


युवा पुस्तामा संसदीय अभ्यासबारे बुझाउने उद्देश्यले रत्नराज्य क्याम्पसकै राजनीतिशास्त्र विभागले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्नातक प्रथम बर्षका विद्यार्थी सहभागी थिए । 

आज नमुना निर्वाचनमार्फत प्रधानमन्त्री, मन्त्री, सभामुख अनि सत्ता र प्रतिपक्षका सांसद छुट्टाइनेछ । यसको नमुना प्रस्तुति भोलि हुनेछ ।

हेर्नुहोस् बर्तौलाको भनाइ तलको भिडियोमा :













Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल