बाजुरामा एक सुत्केरीको अस्पतालमै मृत्यु
बाजुरामा एक सुत्केरीको अस्पतालमै मृत्यु
उच्च रक्तस्रावले बाजुराको त्रिवेणी नगरपालिका–९ की ३६ वर्षीया पद्माकुमारी नेपालीको जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका डा. झकड साउदका अनुसार सुत्केरी उनको बच्चा जन्माउने समय अत्यधिक रक्तस्रावले मृत्यु भएको हो ।
पद्मकुमारीलाई बुधवार बिहानै सुत्केरी व्यथा चलेपछि गाउँलेले चार घण्टा लगाएर जिल्ला अस्पताल पुर्याएका थिए । तर टाढा भएकोले समयमै जिल्ला अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको चिकित्सकको भनाइ छ । “उनको बाटैमा धेरै रगत बगिसकेको थियो । अस्पताल ल्याइसक्दा सिकिस्त थियो अबस्था”, साउँदले भने, “हामीले निकै प्रयास गर्यौँ तर बचाउन सकिएन ।“
बिहान पाँच बजे व्यथा लागेपछि नौ बजे अस्पताल पुर्याएको केही समयमै उनको मृत्यु भएको हो । पद्मकुमारीबाट जन्मिएको बच्चा भने सुरक्षित रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
Comments
Post a Comment