‘प्रणालीमा प्रजातन्त्र र पात्रमा राजा उत्तम’
‘प्रणालीमा प्रजातन्त्र र पात्रमा राजा उत्तम’
भुवन खत्री, स्नातक प्रथम, वर्ष रो. नं. १८ ॥
देशमा अहिले जुन नाजुक दृष्य छ, त्यसको प्रत्यक्ष र सबैभन्दा बढी प्रभाव युवामा छ । युवालाई आफ्नो चिन्ता त छँदैछ, देशको चिन्ताले झन् पिरोलेको छ । युवा यति चिन्तित र निराश छन्, जति अरु छैनन् । हुन त देशका नागरिक भनेका साना बालक पनि हुन्, महिला, बृद्धबृद्धा पनि हुन् । बालबालिकाकालाई देश बनोस् या नबनोस्, के आवश्यकता !
बृद्धबृद्धाका लागि उनीहरुका पालाभन्दा त
बनेको छ नि देश । त्यसैले यो समूह त्यति निराश र चिन्तामा छैन । छ त केबल युवा । ऊ
वेरोजगार छ, उसलाई देशको अस्थिर राजनीति, कुशासन, भ्रष्टाचार र अर्थ-संकटले
अत्याएको छ । यस्तोमा उदयमान पार्टी नेतृत्वको कामले केहि आशा जगाएको आँकलन गर्न
सकिन्छ ।
आजको
युवाले के सोच्छ ? युवा सरकारप्रति कत्तिको सन्तुष्ट छन् ? युवाको अपेक्षा के छ सरकारप्रति र पूरा कति भए ? के
विदेशिने एउटै उपाय हो बाँच्नलाई ?
आशाको कुरा के छ देशमा ?
यी
र यीसँगै हाम्रो शैक्षिक विषय र युवाकेन्द्रित छ कृष्णराज भट्टसँगको संवाद ।
संवादले देशको वर्तमान परिस्थितिमाथि युवाको दृष्टिकोण बुझ्ने प्रयत्न गरेको छ ।
कृष्णराज
भट्ट विकट बैतडीको दोगडाकेदार गाउँपालिका- ३ मा जन्मिएर आधारभुत शिक्षा त्यहिँ र त्यसपछिको शिक्षा कैलाली बहुमुखी
क्याम्पसमा सकेर हाल काठमान्डौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता र
राजनीतिशास्त्र अध्ययन गर्दैछन् । सानोमा सोझो तर तीक्ष्ण बुद्धि भएका कृष्ण दस
कक्षासम्म प्रथम भएको बताउँछन् । स्कुल र कलेजका बोल्ने प्रकृतिका कार्यक्रममा भाग
लिन कहिल्यै टुटेन । ‘प्लस टु’मा
क्याम्पसको आफ्नै रेडियोमार्फत समाजसँग जोडिएको अनुभव छ उनीसँग । सुदुरपश्चिमबाट
दुर काठमान्डौँ आएको वर्षदिन पनि बितेको छैन । सपनै सपनाको सहर राजधानी उनका लागि
अपरिचय भए पनि सुदुरपश्चिममै रहेर समाजबारे र राष्ट्रबारे थुप्रै चिन्तन गरेका छन्
। संवादकै एक प्रसंगमा उनले सुनाएका छन् – ‘कहिलेकाहिँ त
देशबारे बढि चिन्ता गरिन्छ । यति गरिन्छ कि नभनौँ ।’
उनै
कृष्णराजसँग मैले (भुवन
खत्री) गरेको संवादको सम्पादित अंश यहाँ प्रस्तुत छ:
बाल्यकाल
बाल्यकाल सम्झनुहोस् न । कस्तो थियो स्वभाव र पढाइ ? संघर्ष र सम्झिराख्ने केहि किस्सा छन् ?
स्वभावत: म सोझो थिएँ सानोमा । यति सोझो कि सायद मजति सोझो कोहि
थिएन गाउँमा । कसैले भनेको सानो कुरामा रोइहाल्ने बच्चाजस्तो स्वभाव । त्यसैले
मलाई बच्चै सम्झेर गालि कम गर्थे । स्वभाव सोझो भए पनि तीक्ष्ण बुद्भिको भन्थे
सबैले । यसैले पढाइमा अब्बल नै हो । कक्षा दशसम्म प्रथम नै भएँ । दुखजिलो पढियो ।
गाउँले जीवन गोठालो, हिलो-धुलो,
वनपाखा, खोला-खोल्सा, घाँस-दाउरा, कुटो-कोदालो वा खेतीपाती यहि नै त हो । मेरो बाल्यकाल पनि यस्तैमा बित्यो ।
संघर्ष भन्नु नै यहि त हो एउटा गाउँले केटोका लागि । पढाइकै कुरामा, सुरुमा पढ्नलाई पुराना किताब हुन्थे, दाजुदिदीका ।
इन्टरनेटको सुविधा गाउँमा अहिले त छैन भने झन् त्यतिखेर कहाँ हुनु ! थिएन ।
सम्झिराख्ने
रमाइला किस्सा त कति छन् कति । हामी गोरु बाख्रा चराउँन जान्थ्यौँ । जाँदा
बाख्रालाई खुवाउन मकै लगेको हुन्थ्यो । वनमा गाउँतिर त प्रशस्त ओडार हुन्छन् ।
झरी परेको बेला हामी ओडारमा बसेर बाख्रालाई ल्याएको मकै भुटेर खान्थ्यौँ । खुब
रमाइलो हुन्थ्यो । अनि साथीहरुसँग उखु चोरेर खाएको पनि सम्झना छ ।
लक्ष्य चाहिँ के थियो र हो तपाईँको ?
मेरो
लक्ष्य परिवर्तनशील रह्यो । तर लक्ष्य परिवर्तनशील हुनु राम्रो होइन । किनभने
परिवर्तनशील लक्ष्यले टुङ्गोमा पुर्याउँदैन । दशसम्म पढ्दा इन्जिनियरको लक्ष्य
थियो । त्यसपछि बिचमा सर्वेक्षकको सोँच राखियो । कैलाली बहुमुखी क्याम्पसमा प्लस
टु मा सुरुमा यहि पत्रकारिता र राजनीतिशास्त्रमा भर्ना भएँ । तर आर्टस् पढेर के
गर्छस् भन्ने धेरै भए । उनीहरुकै लहैलहैमा मैले आर्टस् छोडेँ र व्यवस्थापन पढेँ ।
व्यवस्थापन पढ्दा बैङ्कको जागिरे हुने हुटहुटी थियो । तर यो हुटहुटी पनि पुरा भएन
। किनभने कोविडको समय बिचमा दुई वर्ष पढिएन । अहिले यहाँ आएर पत्रकारिता र
राजनीतिशास्त्र पढ्दैछु । पढाइ यो भए पनि तत्कालको लक्ष्य निजामति कर्मचारिको छ ।
बैतडी
तपाईँको लक्ष्य पुरा होस्, शुभकामना । अब तपाईँको गृहजिल्ला बैतडीको
कुरा गरौँ । बैतडीको भौगोलिक, आर्थिक,
सामाजिक, ऐतिहासिक, हावापानी लगायत
कुराबारे जानकारी गराउनुस् न !
बैतडीको
क्षेत्रफल १५१९ वर्ग केमी । जनसङ्ख्या २ लाख ५० हजार । बैतडीको समाज अझैँ पिछडिएकै
छ । भेदभाव, छुवाछुत, विभेद, कुरिति, अन्धविश्वास
छैदैछ । समाजमा गरिबी छ । अभाव छ ।
बैतडी
नाम कसरी रहन गयो भन्ने कुरामा एउटा कहावत छ । बैतडी जिल्लाको चारैतिर पहाडमा चार
केदार छन्, दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रौलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार । जुन आराध्यदेव महादेवका रुप हुन् भनिन्छ । यो चार केदार
मध्ये ग्वाल्लेक केदार भएको पर्वतमा उबेला धेरै हावा चल्ने भएकोले पहाडको नामै ‘वायुतड’ रह्यो ।
संस्कृत भाषामा यसको अर्थ हावा चल्ने ठाउँ हो ।
पछि यहि नामलाई उच्चारणमा अपभ्रंश भएर बायुतड हुँदै 'बैतडी' भन्न थालियो ।
बैतडीको सबैभन्दा होचो स्थान सर्माली ३९०
र अग्लो कोटपेटरा २९५० । यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्छ। यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङ र डोटी एवं दक्षिणमा डडेल्धुरा जिल्ला पर्छन् । नेपालका अमर सहिद दशरथ चन्दको जन्मभूमि यहि नै हो । बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्थ्यो ।
हावापानीगत हिसाबले कस्तो ?
अनुकुल
नै छ । हिउँदमा हिउँ पर्छ माथिल्लो बेल्टमा बढी तर हाम्रोतिर कमै पर्छ । समग्रमा मानवानुकूल
स्वच्छ सफा ठिक्कको हावापानी छ ।
विकासको
कुरा । विकासको स्थिति चाहिँ कस्तो छ
ऐतिहासिक
हिसाबले धनि छ बैतडी । नेपालका अमर सहिद दशरथ
चन्द जन्माउने जिल्ला हो । हुन त पाँचपटकसम्म
प्रधानमन्त्री बने लोकेन्द्रबहादुर चन्द । तर पनि विकासका हिसाबले भर्खर बामे सर्दैछ बैतडी ।
गाउँमा सडक र विद्युत पुगेको धेरै भएको छैन । सडक कच्ची छ । विद्युत पुगेको दुई
वर्ष भो । इन्टरनेट र टेलिफोन सेवा अझैँ सहज । कसैसँग फोन गर्नुपरे कि रुख कि पहाड
चढ्नुपर्ने बाध्यता केहि घटे पनि अझैँ छ । मोबाइल फोनको प्रयोग फेसबुक चलाउन मात्र
गरिन्छ ।
प्रविधिका कुरा
हो, म त्यसैलाई जोड्न खोज्दै थिएँ । फोनको
प्रयोग गर्न कहिले पाउनुभयो, कति कक्षाबाट ?
फोन पाएको ११ कक्षामा पढ्दा हो । तर यो मेरो हातमा भएको फोन
चाहिँ १२ पढ्दा पाएको हुँ ।
यस विषयमा अनेक मान्छेका अनेक मत छन् ।
तपाईँका विचारमा मोबाइल अभिषाप कि बरदान ? प्रयोग कसरी गर्न सकिन्छ ?
मलाई चाहिँ दुबै हो लाग्छ । मोबाइल र सञ्चार प्रविधिले
विश्व साँघुरिएको छ । सञ्चार र शिक्षा क्षेत्रमा यसको धेरै उपयोग गर्न सकिन्छ ।
नजानेको खोजिखोजि हेर्न सकिन्छ । प्रयोग गर्न जान्दा यो बरदान नै हो । नत्र अभिषाप
नै हो यो । विशेषगरी बालबालिकामा मोबाइल लत यसरी बसेको छ कि उसमा मानशिक समस्याको
प्रमुख कारण नै यहि बनेको छ । थुपै अप्रिय घटना यसकै प्रयोग गर्न नजान्दा भएका छन्
। सुनिराखिएकै छ । त्यसैले मोबाइल बरदान र अभिषाप दुबै हो । तर यसको प्रयोगमा सचेत
गराउने र चेतना जगाउँन जरुरी छ ।
युवामा मानशिक समस्या
म यसैमा मानशिक समस्यालाई नै जोड्छु । युवा
पछिल्लो समय मानशिक समस्याबाट ग्रस्त देखिन्छन् । के लाग्छ कारण र जोगिने उपाय के
होलान् ?
हो तपाईँले भनेको कुरा सत्य हो । मानशिक समस्या मात्र हैन
त्यसको चरम बिन्दु आत्महत्यासम्म गर्ने पनि बढेको
छ । यसको कारण के हुन सक्छ भने दायित्व । दायित्व व्यक्तिगत र
व्यक्तिइतरसमाजप्रतिको राष्ट्रप्रतिको । पारिवारिक असमझदारी अर्को कारण हुन सक्छ ।
सामाजिक समस्या जस्तै छुवाछुत भेदभाव आदि । युवा अवस्थामा प्रेमको कुरा आउँछ ।
मानशिक समस्यामा यो पनि एक कारण हुन सक्छ । धोका खाँदा वा बिछोडिनुपर्दा जोकोहि
पनि एक समय मानशिक समस्यामै हुन्छ । वेरोजगारी एउटा कारण त छँदैछ सँगै देश छोडेर
जाँनुपर्दा झन युवामा मानशिक समस्या बढेको देखिन्छ । यो बढ्नुमा अर्को अघि नै तपाईँले उठाएको मोबाइल पनि एक हो ।
यी
कारणले युवा डिप्रेस्ड छन् । तर यो एकैचोटी हुँदैन । सुरुमा अत्यधिक चिन्ता हुन्छ
र पछि हुने हो डिप्रेसन । यसका लागि सुरुमा आफैँ सचेत हुने हो । सरकारको भूमिका
आफ्नो ठाउँमा छँदैछ ।
देश र राजनीति
अब देशका बारेमा । मूल देशको राजनीतिका बारेमा । नयाँ दलको
उदयलाई र देशको राजनीतिलाई कसरी हेर्नुभएको तपाईँले ?
सुरुमा
म राजनीतिलाई फोहोरी खेलका रुपमा हेर्थेँ । यो त्यतिखेरको कुरा जतिखेर मेरा अग्रज
इस्टमित्रले भन्नेगर्थे- तिमी
विद्यार्थी जीवनमा राजनीति गर । तर आज धेरै पछि के थाहा भयो भने राजनीति आफैँ
फोहोरी खेल होइन रहेछ फोहोरी त राजनीति गर्नेले बनाए । राजनीति त देश निर्माण
गर्ने आधार रहेछ । योबिना त देश नबाँच्ने रहेछ । राणाकाल राजाकाल अझ परापूर्वकालमा
देश अस्तित्वमा थियो र त्योसँगसँगै थियो राजनीति । त्यसैले राजनीति आफैँमा नराम्रो
होइन तर पात्र नराम्रा हुन सक्छन् ।
र
नयाँ पार्टीको कुरा गर्नुभो । नयाँ पार्टीकोबारेमा धेरै भन्न सकिन्न समर्थन
असमर्थनको कुरा पनि अहिल्यै गर्न सकिन्न । किनभने नयाँ छन् उनीहरुको परिक्षणकाल
सकिएको छैन ।
राजनीतिमा व्यवस्था र पात्र अलग विषय हुन् । पात्र सहि नभए
व्यवस्था पनि सहि हुन सक्दैन भनिन्छ । व्यवस्था र पात्रमा कुन उत्तम तपाईँलाई ?
लोकतन्त्रको
त विकल्प छैन । एउटै विकल्प भनेको निखारिएको लोकतन्त्र नै हो । व्यवस्थामा उत्तम
व्यावस्था प्रजातन्त्र वा लोकतन्त्र नै हो । जनताले जनताका लागि र जनताद्दारा
गरिने शासन हो लोकतन्त्र । तर अब्राहम लिंकनले लोकतन्त्रको यो परिभाषासँगै के पनि
भनेका छन् भने यो भेडतन्त्र पनि हो । यो भनेको जनता सचेत छैनन् भने त्यो भेडतन्त्र
हो । त्यसै सचेत जनतासहितको लोकतन्त्र अझ राम्रो । पात्र गलत छन् भने
प्रजातन्त्रमा यो पनि व्यवस्था छ पात्र छान्ने । पात्र राम्रा छानौँ न व्पवस्था त सहि छ नि ।
तर पछिल्लो समय राजतन्त्र व्यूँताउने प्रयास हुँदैछ नि । के
भन्नुहुन्छ ?
राजतन्त्र
भन्नासाथ खराब नजरले हेरिन्छ । होला व्यवस्था खराब होला एकतन्त्र वंशीय व्यवस्था
होला । मन नपरेरै त्यसलाई फाल्न त्यत्रो संघर्ष भयो । तर कोहि पात्र यस्ता हुन्छन्
जो सधैँ मनमा बस्न सफल हुन्छन् । मलाई
मात्र होइन सबै नेपालीलाई मनपर्छन तत्कालिन राजा महेन्द्र । मैले पढेअनुसार उनी
निकै दयालु थिए रे आममान्छेसँग बस्न मनपर्थो रे उनलाई । उनैले स्थापना गरेका हुन्
नेपालमा अहिले बन्द प्राय उद्योगहरु । महेन्द्रले काम नगरेका होइनन धेरै गरेका छन्
। मलाई महेन्द्रले त्यतिखेर केहि नगरेको भए आज नेपाल जुन स्थितिमा छ त्यति पनि
हुन्नथ्यो कि लाग्छ । त्यसैले प्रणाली वा व्यवस्थामा प्रजातन्त्र र पात्रमा मलाई
राजा ठिक लाग्छ । त्यसैले राजनीतिमा पात्र र व्यवस्थाको ठुलो भूमिका हुन्छ ।
युवा
जतिजति युवा भइन्छ, देशको, समाजको चिन्ता हुने रैछ । जिम्मेवारी थपिने । तपाईलाई चाहिँ कत्तिको पिरोल्छ देश र समाजको चिन्ताले ?
धेरै पिरोल्छ । म मात्र होइन हरेक युवालाई चिन्ता चिन्ताले । जो देशबारे सचेत छ बुझेको छ उसले बढि चिन्ता लिन्छ । किनभने देशको
हाल नै त्यस्तो छ । देशमै रोजगारी छैन रोजगारीका लागि विदेशिनु परेको छ । आर्थिक
संकट छ देशमा । गरिबी छ । सबैतिर निराशैनिराशा । राजनीतिमा शिक्षामा अर्थतन्त्रमा
समाजमा स्वास्थ्यमा । यो सब देख्दा कहिलेकाहिँ त यति चिन्ता हुन्छ कि नभनौँ । तर
थोरै आशा दिने खालका काम भएका छन् पछिल्लो समय । राजनीतिमा नयाँ पार्टीको आगमनले र
युवा सहभागिताले आशाको सन्चार गराएको भने छ ।
युवा विदेशिने लहड बढिराखेको छ पछिल्लो समय । तपाई आफुले
चाहिँ विदेशिने सोँच छैन भन्नुभो । विदेशिने युवालाई चाहिँ के भन्नुहुन्छ ?
पहिलो
त विदेश गए पनि स्वदेशै रहे पनि गर्ने देशकै लागि हो हामी युवाले । सकभर देशमै
रहने प्रयास गर्ने हो । जानै पर्यो भने जाने तर त्यहाँ सिकेको कुरालाई देशमा लगानी
गर्न सकियो भने राम्रो हुन्छ । विदेशिने कुरालाई दुई नजरबाट हेर्छु । एउटा
विदेशिने रहर होइन बाध्यता हो । अर्को रहर हो । रहर कस्को भने जो नेताका सन्तान
छन् । उनीहरु यश गर्न त्यहाँ जान्छन् । समुद्री तटमा पल्टिन जान्छन् । अरु कोहि
पढ्न गएका छन् तर धेरै कामकै लागि गएका छन् । कामका लागि धेरै खाडिमा छन् । युरोप
अमेरिका पनि छन् तर थोरै मात्र । यसका लागि सरकारले जसरी हुन्छ स्वदेशमै रहने
वातावरण बनाइदिनुपर्छ । युवाको पनि प्रयास चाहिन्छ । विदेश गए पनि देशको माया
चाहिँ नमार्नुस् भन्न चाहन्छु ।
देश बनेन भन्छन् । देश साँच्चै नबनेको हो त नबनेकै हो भने
कसरी बन्छ देश समृद्ध आधार के के देख्नुहुन्छ ?
देश
आफैँ बन्दैन । देश नबनेको होइन नबनाइएको हो । देश बनाउँछन् भनेर आश गरेकाले
विश्वासघती निस्किए । जिम्मेवार र उत्तरदायी नेतृत्वको अभाव भयो । यी नेता र
नेतृत्व फेर्नुपर्छ सहि र सच्चा छान्नुपर्छ । जनताले अब भोटको सदुपयोग गर्नुपर्छ र
राजनीतिक अस्थिरता रोक्नुपर्छ । राजनीतिमा अब युवा आउनुपर्छ । युवाले नै समाज परिवर्तन
गर्न सक्छ । परिवर्तन तल्लोस्तरबाट सुरु हुनुपर्छ र टोल समाजबाट । समाज समृद्ध भयो
भने न देश समृद्भ हुन्छ । समृद्भ हुने अनेक आधार छन् । अनेक सम्भावना । कृषि पर्यटन
र विद्युतमा मात्र सरकारले लगानी गर्ने हो भने देश समृद्ध बन्छ ।
समय सीमित छ । छोटो जवाफ चाहन्छु । जीवन के हो ?
जीवन
गम्भिर विषय हो । कर्कलाको पानी भनिन्छ । त्यहि लाग्छ मलाई । अनि के लाग्छ भने
जीवन भनेको अरुलाई केहि दिनलाई हो । अरुका लागि केहि गर्नु नै जीवनको ध्येय हो ।
अनि प्रेम ?
प्रेम
अधुरो तर गम्भिर शव्द लाग्छ । प्रेम र
मायामा फरक छ । यो कसैप्रतिको निस्वार्थ समर्पण हो ।
र अन्तमा हामीले जोड्न छुटाएको देशको शैक्षिक कुरा । देशको
शैक्षिक प्रणालीका बारेमा यहाँको धारण के छ ?
घोकन्ते
शिक्षा प्रणाली हो हाम्रो देशको । विश्वविद्यालयमा राजनीतिक नियुक्तिले झन्
खस्केको छ । यसको अन्त्य गर्नुपर्छ र सामुदायिक विद्यालय सुधारका काम गर्नु पनि छ
। शिक्षालाई व्यवहारिक बनाउँनुछ ।
-२०८० चैत्र ११ गते प्रकाशित
Comments
Post a Comment