मेरो विचारमा…
मेरो विचारमा…
मलाई पुस्तकसँग बहुतै प्रेम छ, जति प्रेम छ शब्दसँग, लेखनसँग र साहित्यसँग । त्यसैले मसँग साक्षात्कार गर्न मन हुनेले पुस्तकालय आउनुहोला । पुस्तक परिसरमा भेटौँला र गफ गरौँला ।
मलाई आफ्ना कुरा भन्नेभन्दा अरुले आफ्नाबारे भनेका कुरा बढी सुन्न मनपर्छ ।
एकै विषयका अनेक पक्ष र विपक्षमा बहस गर्न सकिन्छ ।
संसारका हर कुराको आफ्नै वैशिष्ट्यता छ । जस्तो; प्रत्येक जीव, प्रत्येक व्यक्ति, प्रत्येक परिवेश (वातावरण), प्रत्येक शब्द, प्रत्येक काम, प्रत्येक व्यक्तिको विचार वा मनस्थिति !
सबै समस्याको जड तपाईंको सोँच वा विचार हो ।
आफुलाई सहज र सकारात्मक राख्नु नै हर समस्याको समाधान हो ।
मोबाइल बरदान या अभिसाप भन्ने त्यसको प्रयोग कसरी गरिन्छ भन्नेमा भर पर्ने कुरा हो । मेरो लागि चाहिँ बरदान नै हो ।
जीवन सुन्दर छ, फूल भन्दा सुन्दर । फुल त फल्छ र झर्छ एकैछिन । जीवन त लामो समय फुल्छ र झर्छ । तसर्थ, जीवनबारेको नकारात्मक धारणा असलमा जीवन होइन । जीवन त त्यो हो, जुन असाध्यै सकारात्मक क्षणमा अनुभव हुन्छ ।
प्रत्येक व्यक्तिको आफ्नै संसार छ । ऊ सबैभन्दा ठुलो आफ्नै संसार देख्छ । त्यसैले त जीवनका साना साना समस्यालाई पनि ठुलो देख्छ । भन्न खोजेको, हर व्यक्तिको आफ्नै वैशिष्ट्यता र महानता छ ।
सोचि ल्याउँदा जीवन कुनै जटिल कुरा होइन । यो सलल बग्छ । जीवनमा हुनुपर्ने कुरा आफसेआफ हुन्छन् ।
हरेक कुरामा हरेक व्यक्तिका आफ्नै शैली हुन्छन् । मेरो विचारमा आफ्नो मौलिक शैली र छुट्टै पहिचान बनाउन सकेमा, त्यो महानता हो । जस्तो धेरै साथीहरुले (विशेष केटीले) मलाई भन्छन्-तपाईको स्वर र बोल्ने वाक्य वा त्यसको प्रवाह/गति यति सलल बगेको हुन्छ, त्यसमा शब्दोच्चारणदेखि गति अनि सारा मिलिराखेको हुन्छ। यो मलाई मनपर्छ । म मात्र होइन हरेकलाई मनपर्छ होला ।’ यो साथीको कुरा जायज हो किनकि म पनि त्यही चाहन्छु ।
जीवन माटो माथिको यात्रा हो । सास रहेसम्म माटोमाथि । सास रोकिएपछि माटोमुनि । - डा. नवराज केसीको ‘शून्यको मूल्य’बाट
संसारको सबैभनमदा प्रेरणादायी अवस्था बाध्यता रहेछ । र रहेछ अभाव, पिँडा र असफलता ।
सगरमाथाको देशमा सगरमाथाभन्दा अग्ला धेरै कुरा छन् । एक हो जातीय विभेद ।
वास्तवमा संसार राम्रो हुन संसार परिवर्तन हुनु नपर्ने रहेछ । मात्र मान्छेको मनस्थिति सफा र सुन्दर भावनाले भर्नुपर्ने रहेछ ।
संसारका सवैभन्दा बलिया संबाद शव्दविहिन हुने गर्छन् ।
नसोचेरै गरिने कार्यहरू सोचेका भन्दा धेरै गहिरा हुन्छन् दुनियाँमा ।
नयाँ आइडिया निकाल्न यी तत्वले सहयोग गर्छ - विचार, चरित्र र घटना । जसका लागि यी हुनुपर्छ - कौतुहल, अवलोकन, स्मरण र दबाई ।।
जीवन के हो भनेर सोध्यो भने कसैले म जवाफ दिन्थेँ - ‘तिमी जे सोच्दछौ, त्यही हो जीवन ।’
दोहोरो प्रेम जत्तिकै प्रिय छ एकोहोरो प्रेम !
प्रेम शक्ति हो ।
म वरिपरी त केहि भएको छैन । जे भइरहेको छ, सब मभित्र भइरहेछ ।
मान्छे खोजमार्फत धेरै जान्न चाहन्छ । खोजे नपाइने केही छैन ।
अर्थ ऊर्जा हो । यो आत्मविश्वास पनि हो ।
सिमित बोल - साइग्रेस पोखरेल
मान्छे भइसकेपछि सुन्न जान्नुपर्छ ।
आफ्नो आवाज अधिकांशलाई मन पर्दैन तर आफ्नो आवाजलाई माया गर्ने सबैभन्दा भाग्यमानी हो । आवाजलाई माया गर्नुहोस् ।
हेरि ल्याउँदा जीवन त्यति कठिन छैन, जस्तो हामी सोच्छौँ । थोरै सकारात्मक सोचौं, जीवन फूलभन्दा सुन्दर छ ।
दुखी-गरिब मान्छेको एक मूल विशेषता भनूँ ? ऊ ओठले जति मुस्कुराए पनि मनमा दुखको पहाड बोकी हिड्छ । तर मुस्कानका अगाडी त्यो दुख-पहाड पनि ढिस्को बन्छ ।
म पुस्तकभन्दा ज्यादा समाज र प्रकृतिका जीवन र जगत सम्बन्धी विषय पढ्न रूचाउँछु ।
Comments
Post a Comment