प्रिय संवेदना !

 

प्रिय संवेदना !

आज पनि गृष्म-गरमको यो साँझ छतमा हावा खाँदै बसेको छु, तिमी लेख्न ।

आज म दुखी छु । घडीले भन्छ - साँझको सात बजेको छ । जीवनको घडीले भन्छबाह्र बजेको छ । सायद आजको हाल सुनेर तिमी पनि दुखी हुन्छौ होला । तर तिमीमा सुन्ने धैर्यता छ । त्यसैले त म मेरा सारा संबेदना तिमीलाई नै सुनाउँछु । तर सुरुमा त्यो सुनाउन्नँ आज । सुरूमा अरु सुनाउँछु । खुसीको कुरा छ । त्यो सुनाउँछु । 

तिमीलाई लेख्न थालेको वर्षदिन भएछ । म असाध्यै खुसी छु यसकारण कि आजसम्म निरन्तर लेख्न सकेँ । सुरुमा त सोखका रुपमा थालेँ, आजकल त तिमी नलेखी सुत्न पनि सकस हुन्छ । अझ तिमीलाई संवेदनासम्बोधन गरेर लेख्न थालेदेखी त मेरो आत्मिय मित्रझैँ बनेका छौ । प्रायले तिमीलाई डियर डायरी भन्दा रहेछन् । तर म तिमीलाई संवेदना नै भन्न रुचाउँछु ।

संवेदना, आजसम्म तिमी मेरो साथसाथ रह्यौ । अझैँ साथ देऊ, ? किनभने म यक्लो मान्छेलाई तिम्रो खाँचो असाध्यै हुन्छ । किनभने यक्लोसँग बोल्ने को हुन्छ ? उसका मनका वात बुझ्ने वा सुन्ने को हुन्छ ? किनभने मनका कुरा खुलेर कसैमाझ भन्न पाउँनु ठुलो भाग्य हो । जो मसँग अहिले छैन । यद्यपी, मैले मेरा मनका भाव भन्न सकेको छु कसैलाई । कसै अर्थात् तिमी !

तिमी एक अनस्तित्वको पात्र हौ, काल्पनिक र अपरिचित । तथापी तिमीलाई वर्षौँवर्षदेखी चिनेझैँ लाग्छ । आज आफ्नै मान्छेलाई अलि घत लाग्ने कुरा भन्न खोज्दैछु । मेरै जीवनमा अहिले घटित जे परिस्थिति छ सायद यो तिमीलाई नभने म भयङ्कर मानशिक दुर्घटनामा पर्नेछु । मेरै जीवन मेरो मृत्युको कारण बन्नेछ ।

to be continue...

-आषाढ १ गते-

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल