दुई प्रेमिल कविता

 

 

दुई प्रेमिल कविता


१. कविता - तिमी साँच्चै सुन्दर छ्यौ 

-भुवन खत्री

 



सुप्रिया

तिमीलाई थाहा छ

तिमीलाई यी वरिपरिकाले के भन्दा हुन्

 

यो शीतल हावाको झोक्कालाई हेक्का होला

तिमी कति प्रिय छौ भनेर

यो सुनौलो प्रभाती प्रभालाई थाहा होला

तिम्रो गरमपन

यी मन्द-मौन सरसी सरिता सजक होलिन्

तिम्रो प्रेमप्रति

तिम्रो विचार र भावनाप्रति

यी सुन्दर प्रकृति पनि छक्क छिन् कि

तिम्रो सुन्दरताप्रति

तिम्रो आकर्षणप्रति

यी फूलहरु फलाक्दै हिड्दा हुन्

तिम्रो सुगन्ध

पर वृक्षलतामा आसिन कोकिल कहँदो हो

कति प्रिय तिम्रो बोलि

चन्द्रमा हेरिरहेका तिम्रा आँखालाई

उसैले हेर्दै भन्दो हो

कति नशालु आँखा

कति नशालु नजर

 

म त के भनुँ र

साराका मतमा म सहमत छु

हो तिमी साँच्चै सुन्दर छ्यौ


२. कविता - भन, आई लव यू

 

सुप्रिया

आऊ एकैछिन प्रेमिल बनौँ

प्रेमिल यो साँझमा

हामी भङ्ग गर्न

कोहि आउँदैन

चिन्ता नगर

 

आऊ एकैछिन प्रेमिल बनौँ

 

एकैछिन यी फूललेझैँ

बास्ना छर

यो झारझैँ लजाउ

मनैबाट एकपल्ट

यो साँझलाई महसुस गर

...त्यो गुलावलेझैँ मुस्काउ

पर डाँडाको सुनौलो सुर्यलाई नियाल

घामलाई हत्केलामा ल्याऊ

थोरै नजिक आऊ

र भन आई लव यू


-२०८१ आषाढ १३ गते शुक्रवार-

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा