म हारेको मान्छे´
एक गीत - `म हारेको मान्छे´
यो जीन्दगीबाट म हारेको मान्छे
नआऊ समिपै नहारेका मान्छे ।२।
म आगो हुँ आगोसरी पोल्न सक्छु
म हावा हुँ हुरी बनी बढ्न सक्छु ।१।
यो जीन्दगीबाट ……………
……………………………।२।
गरेरै संघर्ष शिला भो शरीर
न भयो सफलता न छ शेष धीर ।२।
यो जीन्दगीबाट ………………
……………………………।२।
यो समाज आफैँ दरिद्र भइगो
म झनै दरिद्र उँभो पुग्नु रैगो ।३।
यो जीन्दगीबाट …………………
…………………………………।२।
न आफ्नाको आसै रहयो यो मनमा
न शान्तिको बासै भयो यो मनमा ।४।
यो जीन्दगीबाट …………………
…………………………………।२।
अब उठ्छु स्वयम् म यक्लो भए नि
तब साथसाथ छ ईश्वर पनि ।५।
तब साथसाथ छ ………… ।२।
Comments
Post a Comment