ए विचार मेरा, कविता
भुजङ्गप्रयात (iss iss iss iss) – जम्मा १२ अक्षरको यस छन्दमा छौठौँ अक्षरमा
विश्राम लिइन्छ । कविता लेख्दा
त्यसैबमोजिम लेख्नुपर्छ ।
यमाता यमाता यमाता यमाता
ए विचार मेरा
- भुवन खत्री
छचल्किन्छ छाल छताछुल्ल हुन्छ
समेट्नै नमिल्ने कता जान्छ जान्छ
ए विचार मेरा एकैछिन् त रोक
नचाहिने भकारी र भारी नबोक ।१।
कुनै काम यस्तो परम् प्रिय लाग्छ
अकर्मण्यता भाव कता भाग्छ भाग्छ
ए विचार मेरा सुखीभाव देऊ
निराशा असन्तोष फगत त्यो नदेऊ ।२।
छ यो विश्व ब्रह्माण्ड एकाग्र हेर
मलाई त्यहि जस्तो बनाऊ थेरथोर
ए विचार मेरा हराएर जाऊ
अगाडी पछाडी मिलाएर आऊ ।३।
भयो या अरु भो यहाँ छन्द काव्य
म रुचाउँछु वाचन र चाहा छ दिव्य
ए विचार मेरा नयाँ जन्म लेऊ
अनौठो र नौलो कविता म देऊ ।४।
-२०८१ भाद्र २६ गते-
Comments
Post a Comment