मलाई मनपर्ने रङ्

 

                         मलाई मनपर्ने रङ्






 

एक दिनभरीमा फेरिइरहने

भाव-रङ्हरुमा

कुन रङ बढी प्रिय होला

कुन रङ बढी गाँढा-आकर्षक होला

कुन रङ् बढी कोमल होला

कुन रङ् बढी मायालाग्दो होला

कुन रङ् बढी संयोगी होला

कुन रङ् बढी जुटाउने र छुटाउने होला

कुन रङ् बढी रोमाञ्चक होला

कुन रङ् बढी हसाउँने र रुवाउँने होला

कुन रङ् बढी बुट्टेदार होला

र कुन रङ् बढी पवित्र होला

जवाफ पाऊँ हजूर

किनकी

मलाई त्यहि रङ् बढी मनपर्छ


Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल