समानुभूती, छन्द कविता

 

अनुष्टुप छन्दको नियम -  आठ आठ अक्षरका चार पाउ हुने । १ र ३ पाउको सातौँ अक्षर दिर्घ तथा २ र ४ पाउको सातौँ अक्षर ह्रश्व हुनुपर्ने । यसबाहेक प्रत्येक पाउको पाँचौँ अक्षर ह्रश्व र छैठौँ दिर्घ हुनुपर्ने ।

 

  समानुभूती

 

रोएको किन हो कुन्नि

के भयो हो उनीकन

बिझ्यो कि कसको बोली

निराशामा छ जीवन ।१।

 

रातको शून्यता भाग्यो

आयो कोलाहलै बनी

रोकिएन अझैँ आँशु

बग्यो सारा नदी बनी।२।

 

नजिकै छन् कलम कापी

छरपस्ट किताब छन्

पढ्न नपाई विचारीको

बेचैन पो भयो कि मन।३।

 

कि गरी यत्न लेख्नैमा

भाव भरिभरी भई

याद पो गरि जस्तो छ

आफ्ना आफन्त पो सबै।४।

 

हेर्दा त यहि जस्तो छ

कसैबाट छुटाएकी

गरिबका घरै जन्मी

असाध्यै दुख खाएकी।५।

 

सुख पाउँछु भनी आएँ

दुख दिए दिनैदिन

सोची कि भाग्यले ठग्यो

सधै झन् मकनै किन।६।

 

मलाई त बुझ्न यत्नै भो

को हो ऊ किन छे यहाँ

उसको छटपटी देखी

पलायो झन् दया ममा।७।

-२०८१ कार्तिक २६ गते-

 

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा