गीत - तिमी उज्यालो जुनमा…!

मेरा दुई गीत 








         छटपटीमै जीवन बित्यो 

टपटीमै दिन बित्यो, छटपटीमै रात बित्यो

यति सुन्दर फूलझैँ छटपटीमै जीवन बित्यो


एउटा सानो घर थियो घरमा साना सपना थिए

जसोतसो माटोसँगै बालापन बिताउँदै थिएँ

अभाव र कस्टसित निर्दोषी बालापन बित्यो

यति सुन्दर फूलझैँ छटपटीमै जीवन बित्यो ।


जति हाँसे ओठहरुले मनमा दुख छँदै थियो

यस्तै रैछ दैवले नि दुखीकनै दुख दियो 

सपनाकै पछि लागि संघर्षमै यौवन बित्यो

यति सुन्दर फूलझैँ छटपटीमै जीवन बित्यो ।


जसलाई दुःखजिलो गरी हुर्काएँ बढाएँ मैले 

उनैबाट यतिसम्म पाउँनु चोट पाएँ मैले 

ऐँठन भो बाँच्न गाह्रो यौवनको चैन बित्यो 

यति सुन्दर फूलझैँ छटपटीमै जीवन बित्यो ।


छटपटीमै दिन बित्यो, छटपटीमै रात बित्यो

यति सुन्दर फूलझैँ छटपटीमै जीवन बित्यो


       तिमी उज्यालो जुनमा…

तिमी उज्यालो जुनमा आऊ म हेरिरहुँला

यी आँखासँग आँखा जुधाऊ फेरी प्यार होला ।


तिमी आउँछौ कि धर्तीमा कि आउँ म त्यतै

तिम्रो साथबिना एक्लै एक्लै भएँ म यतै

कति सुनसान लाग्छ यो मान्छेको जमात

म जन्मेर आउँछु त्यहिँ समाऊँ मेरो हात


तिमी हाँसेर चुम्बन देऊ म फर्काइदिउँला

यी आँखासँग आँखा जुधाऊ फेरी प्यार होला 


यो बार्दली मेरो तिमी हेर्ने झ्याल भो

जब रात पर्छ बिस्तारै मेरो लागि दिन भो

तिमी आउँदिनौ किन औँसीको रातमा

त्यही कालोमा मनले तिमी खोज्छ साथमा 


तिमी त्यताको अङ्गालो देऊ म नि दिउँला

यी आँखासँग आँखा जुधाऊ फेरी प्यार होला ।

शब्द : भुवन खत्री 

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा