लघु कविता, रुपान्तरण
रुपान्तरण
एकदिन
ऊ
फेरी आयो
फरक भङ्गीमा
यसपटक
उसले विनम्र भएर बोल्यो
व्यवहार उस्तो साँघुरो लागेन
अनुहारमा चञ्चलता कम थियो
न आँखा उतिसारो क्रोधित थिए
नाकमा घमण्ड शुन्य पाएँ
शालीन शब्द फुत्त झिक्यो उसले
“हजुर आराम हुनुहुन्छ ? बिर्सिदिनुस् पहिलेका कुरा,
आउनुहोस् मित्र बनौँ ! तपाईँ जस्तो मान्छे सायदै छन् ।”
त्यसपछि मैले कहिल्लै
उसँगको त्यो घटना
सम्झिनु परेन !
-२०८१ मङ्सिर ११-
Comments
Post a Comment