जब दर्शनका कविता पढेँ...
जब दर्शनका कविता पढेँ
मैले जीवनबारे
एउटा कविता पढेँ
कविताले
जीवन बुझायो
र
बुझेको लेख्न थालेँ कवितामै
सृष्टिबारे
पनि एउटा कविता पढेँ
कविताले
सृष्टि सार बुझायो
र
बुझेको लेख्न थालेँ कवितामै
मैले प्रकृति
पढेँ पर्याकवितामा
कविताले
मलाई प्रकृति बुझायो
र
बुझेको लेख्न थालेँ कवितामै
आज देश
र देशभक्ति बारेको कविता पनि पढेँ
त्यसले
मलाई देश र देशभक्तिबारे बुझायो
र
बुझेको लेख्न थालेँ कवितामै
जीवन र
जगतबारे सुक्ष्म दृष्टि दिने
दर्शनका
कविता पनि पढेँ
कविताले
मलाई जीवन र जगतबारे सारा बुझायो
र
बुझेको लेखेँ आफ्नै कवितामा
कविता
यहि हो
जब मैले
दर्शनका कविता पढेँ
अब के
पढूँ
के
बुझूँ
र के
लेखूँ
जब
दर्शन पढेँ
यसभन्दा
पर
पढ्नुपर्ने
बुझ्नुपर्ने
लेख्नुपर्ने
केहि
रहेन – २०८१ कार्तिक
२४
Comments
Post a Comment