भूमी (एक वियोगान्त प्रेमकथा)

 

                      भूमी (एक वियोगान्त प्रेमकथा)

दुई पहाड छन् । एक म बस्ने, अर्को मतिर फर्केको । बिचमा छिन् सुस्त हिड्दै बुढिगङ्गा । गङ्गा थाकेकी छैनन् गित गाएर, जसरी थाकेका छैनन् उभिएर दुई पहाड । यी यस्ता पहाड हुन्, जसको साइनो भनिसाध्य छैन । अन्योन्याश्रित छ । यी पहाडमध्ये मेरो पहाडबाट घाम उदाउँछ र अर्को पहाडमा गएर अस्ताउँछ ।

आज पनि घाम उदायो तर अस्ताएको देखिएन ।

घाम नअस्ताउँदै आकास बादलले रुन लागेजस्तो देखियो । छिनभरमै त्यो बादल आकासभरी फिँजियो । खै कहाँको समुद्री विनाशकारी जलवाष्प बोकेर बसेको थियो बादलले । ठम्याउन नपाउँदै वर्षा वर्षि त हाल्यो । हावा हुरी सहितको वर्षाले पूरै गाउँ प्रभावित बन्यो । बुढिगङ्गाले सतह बढाइन्, सधैँ मन्द सुसाउने उनी आज गर्जेको सुनिइन् । पारीको पहाड हिउँले सेताम्मे देखियो ।

वर्षा यति विनाशकारी भएर आयो कि त्यस्तोमा कोहि पनि गाउँलेले केहि गर्न सकेनन् । वर्षाको वितण्डा चुपचाप सहनु बाहेक विकल्प पनि कहाँ थियो र !

वर्षा विस्तारै कम भयो । गाउँलेहरु घरबाट बाहिर निस्किए र क्षति आँकलन गर्न थाले ।

अघिको सबै कालोमैलो हटेर दिन त उघ्रियो तर रात परेको पनि थाहै भएन । राति भइसकेकाले कहाँ कस्तो कत्रो क्षति भयो भनेर हेर्नै पाइएन । कति ठाउँ पहिरो गयो र ककसका घरमा पानीको भल पस्यो, बुझ्न पाइएन ।

हजूरबाले आजको वर्षा करिब ५२ वर्षपछिको ठुलो भएको अनौठो कुरा सुनाउनुभयो । वर्षाले हाम्रो घरलाई कुनै असर गरेको थिएन तर काकाको घरको गोठमा पानी पसेछ । गाईवस्तु प्रभावित भएछन् ।

राति नौ बजेतिर भरत मेरो घर आयो । हामी अगेनामा आगो ताप्दै थियौँ । खाना खाइसकेका थियौँ । ऊ खुब आत्तिएको भङ्गीमा केहि भन्न बल गर्दै थियो । ऊ देखेर हामी पनि आत्तियौँ ।

-भन् न भन्, के भयो ?

उसले मेरो जवाफ धेरै पछि मात्र दियो । उसले मात्र तीन शब्दमा यस्तो जवाफ दियो जुन जवाफ मेरो लागि कल्पनातीत थियो । भन्यो – ‘भूमी त मरी !’

म भावहीन भएँ । छाँगाबाट खसेँ । एकछिनलाई तत्कालको परिवेशबाट विच्छेद भएँ । यो खबरमा आमा बुबा दाईभाईको प्रतिक्रिया याद गर्नै भ्याइनँ । साँच्चै भन्दा ठुलो चट्याङ् मेरैसामु खसेजस्तो भयो खबरले । 

क्रमश...

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल