माया चै लेऊ ल

माया चै लेऊ ल - भुवन अथर स्वीकार गर्छु अस्वीकार तिम्रो स्वीकृति देऊ ल मन नलिए नि मनभरीको यो माया चै लेऊ ल नरोऊ त्यति रोएर तिम्रो आँशु नि सुकला रुवाउने आउँदा रुनलाई फेरी बाँकी नरहला दिनलाई आँशु मसँग छैन तिमी नरोऊ ल मन नलिए नि मनभरीको यो माया चै लेऊ ल।१। दुखी त यहाँ म हुनुपर्ने तिमी पो दुखी छ्यौ सुखमा तिमी बस्नु पो पर्छ त्यो दुख मलाई देऊ चोटहरुले पो चट्टान बन्छु अझैँ चोट देऊ ल मन नलिए नि मनभरीको यो माया चै लेऊ ल।२। सँगसँगै हुनु , जोडिनु मात्र त्यो कहाँ माया हो अलग हुनु , जोडिनु अझ प्रगाढ माया हो छायाँ भए भो तिमी चै टाढाटाढा भैदेऊ ल मन नलिए नि मनभरीको यो माया चै लेऊ ल।३। एक्लै हिडेको आजसम्मको यो बाटो सकियो अचम्म भयो आजको घुम्ती मतर्फै मोडियो फर्कन्छु फिर्ता मेरा पछाडी तिमी नआऊ ल मन नलिए नि मनभरीको यो माया चै लेऊ ल।४। चाहिए मलाई मायाको न्यानो तिमी सम्झनेछु नपाएसम्म जुनीजुनीभर तपस्या बस्नेछु अहिले मलाई बस्नुछ एक्लै ति...