मन नदुखाऊ ल बेकारमा

गीत -   मन नदुखाऊ ल बेकारमा 

तिमी सच्चा विजेता हौ हिम्मत गर यो हारमा

जे जे भयो तिमी मन नदुखाऊ ल बेकारमा 


फूल एकै रहेछ हामीले चाहेको

घाउ आलै त होला त्यो नपाएको 

तर निको बनाऊ सुखको मलमले 

मनोभावना सारा लेख कलमले 


तिम्रो साथसाथै छन् प्रेमिका यो हजारमा 

जे जे भयो तिमी मन नदुखाऊ ल बेकारमा


एक स्वभाव हो यो पूरा जिन्दगीको

मान यहि कि निभ्यो आगोको झिल्को 

सुखद इतिहास यो मेरो जिन्दगीको

सहि मित्र पाएँ र प्यारो यतिको


त्यहि त्यही त हुन्छ यहाँ जे लेखिन्छ निधारमा 

जे जे भयो तिमी मन नदुखाऊ ल बेकारमा


तिमी सच्चा विजेता हौ हिम्मत गर यो हारमा

जे जे भयो तिमी मन नदुखाऊ ल बेकारमा

--२०८० मङ्सिर २०--

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा