इच्छित कविता
इच्छित कविता
-भुवन अथर
एक अंक बढ्यो एक यौवनको
एक अङ्क घट्यो कुल जीवनको
अनुभव नि बढे अनुभूति बढे
अब जीवन-कौशल माथि चढे ।१।
हँसिली शितली अति चारुमती
जति नन्दिनी छन् सति पारवती
यति मृदुवचन् जति कोकिल छन्
जति सौम्य छ तन उति कोमल मन।२।
जति ऋतु वसन्तले बागभरी
रस छर्दछ छ्याप्दछ सब नगरी
उति शक्ति छ ल्याकत छ उनमा
किन लाउनु खै र कसी सुनमा।३।
गत मङ्सिरमा जब जन्म भयो
यस मङ्सिरमा नव जन्म भयो
जति बढ्छ उमेर उति नौलिइनु
यश कीर्ति उँभो अझ अग्लाउनु।४।
सुख शान्ति मिलोस् अझ उन्नति होस्
सहजै र सरल सरिता गति होस्
सब भावभरी शुभलाभ मिलोस्
जति औँस रजनी पनि झल्मल होस्।५।
वर-बन्धु सबै प्रिय आत्मिय होउन्
बजिराखिरहोस् मन-चेतन धुन्
कहिलै नछुटोस् शिवभक्ति दिदी
यहि इच्छित थ्यो कविता त दिदी!६!
–२०८१ मङ्सिर १९ गते–
[प्यारी दिदी आयुष्मती पोखरेलको जन्मदिनको अवसरमा लेखिएको हो । यस कविताको छोटो सैद्धान्तिक जानकारी निम्न छ :-
छन्द- तोटक छन्द
गण-
स स स स
३ र ६ अक्षरमा छोटो विश्राम]
Comments
Post a Comment