Posts

Showing posts from March, 2025

कान नसुन्ने वाद

Image
 कान नसुन्ने वाद -भुवन अथर  “टाढा… कता हो कुन्नि कस्को हो कुन्नि जिन्दावाद र मुर्दावादका कोलाहल सुनिदैछन् कुन जिन्दावाद कस्को पक्षमा कुन मुर्दावाद कस्को विपक्षमा मलाई केहि थाहा छैन मलाई यी कुनै वादमा विश्वास पनि छैन तर म जान्न चाहन्छु  भन्नुस् त बाबु यो कोलाहल कसको हो आजभन्दा दुई दशक पहिले पनि  यो बस्ती छेऊबाट हुलका‌ हुल कोलाहल  के के आश्वासन फलाक्दै थिए मैले त सुनेँ मात्र हेर्नुस् आजसम्म खै के भयो न हाम्रो हाल सुध्रियो न समाजबाट वर्ग गयो हामी भुइँवर्गले कहिले उँभो लाग्ने हामी भुँईमान्छेले कहिले घर देख्ने   मैले धेरै पटक सुनेको छु यस्तो कोलाहल- एक नायक आउँछ हुलका हुल कोलाहल बटुल्छ यदि कोलाहाल कुनै उत्तेजित भीड होइन भने  ऊ आक्रामक नहोला  हो भने त्यो कोलाहलले अर्को कोलाहल ल्याउँछ  र त्यसले सहर चर्काउँछ मैले त धेरै सुनेँ बाबु… तर खै  जुन कोलाहल आए पनि हामीलाई सुन्दैन अब त ‘जुन वाद आए पनि कानै नसुन्ने’ भन्नुपर्यो  हेर्नुस् न यो धमिलो खोलो बर्खाको बेला  यो खोलोले दुख दिन्छ यो बस्तीका छानाको काठ र टिन देख्दैहुनुहुन्छ नि यी धेरै पूरान...

मायाको आयतन

Image
  मायाको आयतन - भुवन अथर धुम्म धुम्म मौसमको  कुनै दिन लगभग दुई घण्टा लगाएर  तिम्रा र मेरा पैतालाले  त्यो अग्लो र एक्लो  चुली नापेका थियौँ त्यही चुलीको चुच्चोमा बसेर हामी मस्त प्रेमालापमा थियौँँ याद छ कि छैन तिमीलाई ? भावुक कुराकानीको कुनै गम्भीर मोडमा तिमीले सोधेकी थियौ- ‘कति माया गर्छौ ?’ ‘निलो गहिराई नाप्ने कुनै गणितीय सूत्र भए कालो लम्बाई मापन गर्न कुनै वैज्ञानिक विधि भए सेतो उचाईं‌को नापो लिने कुनै आधुनिक यन्त्र भए रातो फैलावटको मान देखाउने कुनै अंक छ भने  तिनबाट जति अंकमान आउँछ म तिमीलाई त्यति माया गर्छु’ मेरो जवाफपछि तिमी  अवाक् भएकी थियौ त्यो दिन सम्झेर  आजभोलि म अवाक् हुन्छु यहि सोचेर कि- कहाँ टिक्यो र आज मायाको त्यो आयतन !

आत्माप्रेमी

Image
  आत्माप्रेमी   - भुवन अथर  अमरहृदया  सायद म तिमीलाई  जन्मनुअघि नै चिन्थेँ जन्मेपछि  अझ नजिकिन पाइयो  हुर्कँदै गएपछि  तिमीलाई अघोर प्रेम गर्न थालेँ र आज सकिनै लाग्दा  लाग्दैछ - ‘मैले जीवन पहिले र आजीवन  तिमीलाई जसरी प्रेम गरेँ,  त्यो साँचो प्रेम थियो’ ए मेरी अमरहृदया  म सकिनु अघि  तिम्रो हँसिलो अनुहार हेर्न मन छ कृपा गरेर मलाई प्रथमपल्ट हेर ताकि मैले तिमीलाई देख्न सकुँ  यो शैयामाथि नचढुन्जेल  यो सयनमा नसुतुन्जेल यो एक पाइलो नसकुन्जेल  यो एक लप्को नसल्कुन्जेल यो एक जीवन नरहुन्जेल  आँखा जुधाई बसौँ न‌ ल अनि शून्यमा बोलाऔँ... (२०८१ चैत्र ३ मध्यरात)

मलाई यो के भयो

Image
 मलाई यो के भयो  -भुवन अथर  एक्लिँदा एक्लिँदै एकान्त प्यारो भयो नबोल्दा नबोल्दै नबोल्ने रहर भयो  सोच्दासोच्दै नसोच्ने अभ्यास भयो  दुख्दा दुख्दै नदुख्ने दुख भयो  रुँदा रुँदै नरुने स्वभाव भयो नहाँस्दा नहाँस्दै नहाँस्ने आदत भयो थाक्दा थाक्दै नथाक्ने लत भयो  सम्झिँदा सम्झिँदै याद कता विलय भयो  मला ई यो के भयो ?