मलाई यो के भयो

 मलाई यो के भयो 

-भुवन अथर 







एक्लिँदा एक्लिँदै एकान्त प्यारो भयो

नबोल्दा नबोल्दै नबोल्ने रहर भयो 

सोच्दासोच्दै नसोच्ने अभ्यास भयो 

दुख्दा दुख्दै नदुख्ने दुख भयो 

रुँदा रुँदै नरुने स्वभाव भयो

नहाँस्दा नहाँस्दै नहाँस्ने आदत भयो

थाक्दा थाक्दै नथाक्ने लत भयो 

सम्झिँदा सम्झिँदै याद कता विलय भयो 


मलाई यो के भयो ?

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल