आत्माप्रेमी
आत्माप्रेमी
-भुवन अथर
अमरहृदया
सायद म तिमीलाई
जन्मनुअघि नै चिन्थेँ
जन्मेपछि
अझ नजिकिन पाइयो
हुर्कँदै गएपछि
तिमीलाई अघोर प्रेम गर्न थालेँ
र आज सकिनै लाग्दा
लाग्दैछ -
‘मैले जीवन पहिले र आजीवन
तिमीलाई जसरी प्रेम गरेँ,
त्यो साँचो प्रेम थियो’
ए मेरी अमरहृदया
म सकिनु अघि
तिम्रो हँसिलो अनुहार हेर्न मन छ
कृपा गरेर मलाई प्रथमपल्ट हेर
ताकि मैले तिमीलाई देख्न सकुँ
यो शैयामाथि नचढुन्जेल
यो सयनमा नसुतुन्जेल
यो एक पाइलो नसकुन्जेल
यो एक लप्को नसल्कुन्जेल
यो एक जीवन नरहुन्जेल
आँखा जुधाई बसौँ न ल
अनि शून्यमा बोलाऔँ...
(२०८१ चैत्र ३ मध्यरात)
Comments
Post a Comment