चिन्तामुक्तिको सरल शुत्रः चिन्तामाथि चिन्तन

 

               चिन्तामुक्तिको सरल शुत्रः             चिन्तामाथि चिन्तन

-भुवन अथर



प्रिय मन, तँ यसरी दुखी नभईदेन ल !? तेरै कारण मैले यत्रो हैरानी खप्नुपर्छ । जीवन ज्यूँनुको रस गुम्नुको दोषी तैँलाई मान्छु म त ! तेरो स्वभावै अचम्मको- दुखी भएपछि भइराख्ने... । यहि तेरो स्वभावले गर्दा म शक्तिहिन पो हुन्छु ! तँ किन बुझ्दैनस् यस्ता कुरा ?

को छैन र दुखी यस संसारमा ? हरका आआफ्ना दुख छन् । तेरा साथीहरूलाई नै हेर् न । तेरा चिनजानका अरू जोकोहिलाई हेर् न । कसले चाहिँ भन्छ कि म जहिल्यै खुसी हुन सक्छु ?

कोहि पनि मानिस जीवनमा हमेसा खुसी हुन नसक्ने सामान्य सत्य पनि तँ बुझ्दैनस् । बुझिराख् अबदेखी ! र यो पनि बुझिराख् – आजको दुख स्थायी होइन । तँ नै भन् न, आजका यीँ दुख तेरो बाल्यकालका जस्ता दुख हुन् र ? त्यतिखेरका दुख अर्कै थिए, आजका फरक छन् । दुख त यसैगरी आइरहन्छन् । यी जीवनबाट कहिल्यै भिन्न रहन सक्दैनन् । जीवनको आधा भाग दुख हो, आधा सुख । यसैले त भनिन्छ नि, दुख र सुख नै जीवन । तैँले बुझेको छैन र ?

एकछिन सोच् त ! हामीबाट दुखलाई एकछिन दूर राख्यौँ भने...के होला, कस्तो होला जीवन ?

सायद मानिस आधा मरेतुल्य हुनेछ !

त्यसैले ए मेरो प्रिय मन, तँ स्वीकार् यो दुखलाई । दुखको यो स्वाभाविक प्रकृति बुझिस् भने स्वीकार्न पनि सहज हुनेछ तँलाई ।

अर्को कुरा मैले सधैँ भन्ने गरेको छु तँलाई । दुख वा चिन्ताबाट छुटकारा पाउने छोटो, सहज उपाय क्या ! ‘चिन्तामाथि चिन्तन’, भुलिस् ?

भुलिस् भने सम्झाईहाल्छु छोटोमा ।

जब तँलाई अनेक चिन्ताले पिरोलेको महसुस हुन्छ, कुनै एकान्तमा गएर बस्नु । अँ, जाँदा कलम र कापी लिन नबिर्सनु नि ! मन सकभर शान्त राख्नु । किनभने अशान्त मनले स्पष्ट सोच्न सक्दैन ।

तँले मूलतः पाँच चिन्तन गरे पुग्छ ।

शान्त भएर एउटा मात्र प्रश्न गरे पुग्छ । सोध्नु कि मेरा चिन्ताहरु के के हुन् ? अनि टिप्नु सबैलाई । यो हो पहिलो चिन्तन

दोस्रो चिन्तन तिनलाई वर्गीकरण गर्नमा गर्नु । वर्गीकरण विभिन्न आधारबाट गर्न सकिन्छ । जस्तै; म, परिवार, समाज, कलेज, प्रेम, पढाई, झैझगडा, असमझदारी, बिमारी, आर्थिक, शैक्षिक, उचित, अनुचित, मूल चिन्ता ...।

तेस्रो चिन्तनअन्तर्गत मूल चिन्ताहरू पत्ता लगाउने हो । मूल कारण पत्ता लगाउन चौथो चिन्तन थाल्नुपर्छ । यहिँ हो तँले यो ख्याल गर्नुपर्ने – मैले मेरो वशमा नभएका विषयमा फजुल चिन्ता त गरिराखेको छैन ! 

पाँचौँ चिन्तन समाधानतिरको । कापीमै लेखेर गरे पनि भो । लेख्नु कि कसरी समाधान गर्ने ? पूरा प्रक्रिया टिपे पनि भो । दिमागबाट बोझ त हट्छ !     

यसरी चिन्तामाथिको चिन्तन (भनौँ, सचेत चिन्ता) गर्दा आधा चिन्ता त गईहाल्छ । यहि हो मेरो ‘चिन्तामाथि चिन्तन’ शुत्र !

प्रिय मन, जब जब तँलाई चिन्ता हुन्छ, यसै गर्नु ल ! अनि माथिका कुरा पनि नभुल्नु !। यति लेखेर पोखिँँसमा

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा