यतिखेर मेरो गाउँमा - भुवन अथर यतिखेर मेरो गाउँमा बसन्ती आएकी होलिन्। गाउँ वरिपरि पहाडसँग समानान्तर भएर रङ्गीन गुराँसे रेखाहरू कुनै सुन्दर स्त्रीका गलामा अर्पित मालाजस्तै बसेका होलान् लहरै। खेतहरूमा, आँगनहरूमा, वनहरूमा, गाउँलेका मनहरूमा फूल्दै होलिन् मोहिनी गुराँस। डाँडाहरूलाई वरिपरि राखेर, गाउँलाई बीचमा पारेर, परपरसम्म लगातार सुनाइरहेकी होलिन् कोहिलीले देउडा गीत। गुञ्जन थाले होलान् गोठालाहरूका मन जोड्ने जीवन बोल्ने वासन्ती भाकाहरू, वनका लम्बेतान सुसेलीहरू । गोधुँली साँझतिर टाढा टाढाका बटुवाहरु देउरालीमा बसेर सुस्केराका बिसौनीहरुमा जीवनका सारा बिरह बिसाउँदै होलान् गरिबी, अशिक्षा र अभावले सेकिएको गाउँको ढाडमा वरपिपलले आफ्नो छहारी छर्दै शीतलता संचार गर्दै होलान्। पानी पर्नुअघिको हतास बतास गाउँका कुनाकुना, रुखका पातपात, अन्नका दानादानामा दगुर्दै होला पानी परेपछिको मौन हावा सबैमा शान्ति भर्न जाँदो हो । रुखका काण्ड-काण्ड र पात-पातमा पोतिँदै होला जीवनको हरियो रङ्ग, रुखका कापामा बन्दै होलान् ओतिने घर। पहाडका भित्ताभित्रबाट फुट्दै होलान् पानीका मु...
Comments
Post a Comment