एक यात्रा - डायरी : मेरो तेस्रो गाउँगमन - भुवन खत्री , बाजुरा ।। एउटा सानो कोठा । गोबर - माटो पोतिएको भित्ता छ । एउटा नाम मात्रको खाट छ , बस् यत्ति छ । अँ , कोठाको एक भित्तोमा झुन्ड्याइएका छन् - एउटा फाटेको कोट र त्यसमाथि ठाउँठाउँ च्यातिएको तर सिलाइएर मिलाइएको झोला । खाटमा एक बृद्ध छन् , ७५ नाघेका । २० ननाघेको युवा सुतिराखेका बृद्धको छेउमा जागै छ । छेऊका सायद उसका हजुरबा हुन् । रातको एक बज्नै लागेको छ । सारा रात्रिजगत सुतेको छ । चरोमुसो बोलेको छैन । यति राति यो युवक ल्यापटप अगाडी घुरेर बसेको किन छ ? केहि अनुमान लगाउन सक्नुहुन्छ ? ऊ यस्तो देखिन्छ ; मानौँ , एउटा नसकी नहुने जरुरीको काम सक्नुछ । घरिघरि झ्यालबाट बाहिर हेर्छ । सायद बेलाबेला उसलाई गर्मीले गाँज्छ । घरि पल्टिन्छ , घरि घोप्टिन्छ । घरि खुसी भएजस्तो , घरि दुखी जस्तो । तर ल्यापटप छोडेको छैन । अलि नजिक जाऊँ उसको ! अहो ! के लेख्दैछ त ! कत्रो लामो , बाफरे बाफ ! तैपनि म पढेरै सुनाइदिन्छु तपाईहरुलाई । सुन्नुस् ल ? ………………………………………………………………………………………………...
एक डायरी : अविराम लेखनयात्रा प्यारी संवेदना ! मलाई थाह छ , म लेख्न सक्छु । केही लेख्दा खुसी हुन्छु । तर जहिल्यै लेख्न सक्ने अवस्था हुँदैन । त्यो मेरो मनस्थितिमा भर पर्छ । आजभोलि मेरो मनस्थितिमा खलबल छ । ममा राम्रोभन्दा नराम्रो बढी छ । मलाई भन्दा पनि मेरो मनलाई भनौँ कि संवेदना ? वास्तविक म र मेरो मनस्थिति भिन्न हुन् । मबाट एकाग्रता घट्दै छ । यसले गर्दा मेरो सिर्जनात्मकतामा पनि कमी आएको छ । एउटै काम डुबेर गर्दा कम आनन्द आउँदैन । तर यस्तो आनन्द कम लिन पाएको छु । मन चञ्चल भइरहन्छ । चलिरहन्छ । प्रायः विचार आइरहन्छन् , मष्तिष्कमा । विचार थोरै मात्र चाहिने आउँछन् , धेरै विगत र भविष्यमा बग्छु । विगतका दुर्घटना र भविष्यको अनिश्चितताबारे विचार बढि छन् । ज्यादातर समय अधिक विचार मै जान्छ । जस्तो ; खाना खाइरहँदा , भाँडा माझिरहँदा , बाटोमा हिँडिरहँदा या अरु फुर्सदको कुनै पनि क्षण । यो बुद्धिमानको व्यक्तित्व हो भन्ने पनि सुनेको छु । यो कति साँचो हो , संवेदना ? म त जान्दिनँ ! यद्यपी एकचित्त रहन हरक्षण प्रयासरत रहन्छु । मन र श...
Comments
Post a Comment