लेख्न नसकेको (नभ्याएको वा नपाएको) संस्मरणांश-
लेख्न नसकेको (नभ्याएको वा नपाएको) संस्मरणांश-
०७५ मा पहिलोपल्ट काठमान्डौँ उपत्यका छिर्दा मैले यसको साँघुरोपन देख्न सकिनँ । वा यसको विराटता देख्न सकिनँ । किनकी त्यतिखेर थानकोट पुग्दा राति भइसकेथ्यो ।
पहिलोपल्ट काठमान्डौँ उपत्यकालाई माथिबाट हेर्न पाएको थिएँ २०७८ मा । त्यतिखेर मैले भक्तपुरको डाँडाबाट हेरेको थिएँ । अर्कोचोटी २०७९ मा हो हेरेको । यसपटक मैले गाउँ जाँदा थानकोटबाट फर्किएर हेरेँ । तर भक्तपुरको डाँडाबाट देखिएको प्रष्ट र विराट उपत्यका देखिनँ । त्यसपछि पनि थानकोटबाट जाँदा आउँदा उपत्यकाको फैलावट महसुस गर्न खोजेँ ।
अर्कोपल्ट
गत साता उपत्यकाको फैलावट वा अवस्थिति महसुस भयो । भक्तपुरबाट जस्तो फैलावट देखेको
थिएँ, त्यो दिन अझ प्रस्ट देखेँ । यसपटक
काठमान्डौँकै डाँडाबाट काठमान्डौँ उपत्यका हेरेँ ।
त्यो दिन उपत्यकाको
उत्तरपश्चिमी डाँडो नागार्जुनबाट हेर्दै थिएँ । तीन घण्टा पैदल उकालो हिडेपछि २१
सय मिटर उचाइबाट उपत्यकाको दृष्य देख्दा एकैचोटी दुईटा विचार आए –
‘कति सानो !’
‘कति ठुलो !’
सन्दर्भ
हो पैदलयात्राको । अर्थात् हाइकिङ्को ।
सन्दर्भ
हो नागार्जुन हाइकिङ्को । अर्थात् जामाचो हाइकिङ्को ।
ჿჿჿჿჿჿჿ
मिति २०८१ माघ १२ गते शनीवार ।
शुक्रवार नै तय थियो शनीवारको जामाचो हाइकिङ् योजना । हप्ता दिन लामो फूल्चोकी हाइकिङ् योजना स्थगन पछिको हठात निर्णय थियो यो । लामो, कठिन र जोखिमयुक्त बाटो भएकाले यसलाई स्थगन गर्नुपर्यो । पुरानो योजना स्थगन सँगै अधिकांश साथीहरु नयाँ योजनामा सामेल हुन रुचाएनन् । पहिले १२ लेख्न नसकेको (नभ्याएको वा नपाएको) संस्मरणांश-
०७५ मा पहिलोपल्ट काठमान्डौँ उपत्यका छिर्दा मैले यसको साँघुरोपन देख्न सकिनँ । वा यसको विराटता देख्न सकिनँ । किनकी त्यतिखेर थानकोट पुग्दा राति भइसकेथ्यो ।
पहिलोपल्ट काठमान्डौँ उपत्यकालाई माथिबाट हेर्न पाएको थिएँ २०७८ मा । त्यतिखेर मैले भक्तपुरको डाँडाबाट हेरेको थिएँ । अर्कोचोटी २०७९ मा हो हेरेको । यसपटक मैले गाउँ जाँदा थानकोटबाट फर्किएर हेरेँ । तर भक्तपुरको डाँडाबाट देखिएको प्रष्ट र विराट उपत्यका देखिनँ । त्यसपछि पनि थानकोटबाट जाँदा आउँदा उपत्यकाको फैलावट महसुस गर्न खोजेँ ।
अर्कोपल्ट गत साता उपत्यकाको फैलावट वा अवस्थिति महसुस भयो । भक्तपुरबाट जस्तो फैलावट देखेको थिएँ, त्यस दिन अझ प्रस्ट देखेँ । यसपटक काठमान्डौँकै डाँडाबाट काठमान्डौँ उपत्यका हेरेँ ।
त्यस दिन म उपत्यकाको उत्तरपश्चिमी डाँडो नागार्जुनबाट हेर्दै थिएँ । तीन घण्टा पैदल उकालो हिडेपछि २१ सय मिटर उचाइबाट उपत्यकाको जुन दृष्य देखेँ, देख्दा एकैचोटी दुईटा विचार आए –
‘कति सानो !’
‘कति ठुलो !’
सन्दर्भ हो पैदलयात्राको । अर्थात् हाइकिङ्को ।
सन्दर्भ हो नागार्जुन हाइकिङ्को । अर्थात् जामाचो हाइकिङ्को ।
ჿჿჿჿჿჿჿ
मिति २०८१ माघ १२ गते शनीवार ।
शुक्रवार नै तय थियो शनीवारको जामाचो हाइकिङ् योजना । हप्ता दिन लामो फूल्चोकी हाइकिङ् योजना स्थगन पछिको हठात निर्णय थियो यो । लामो, कठिन र जोखिमयुक्त बाटो भएकाले यसलाई स्थगन गर्नुपर्यो । पुरानो योजना स्थगन सँगै अधिकांश साथीहरु नयाँ योजनामा सामेल हुन रुचाएनन् । पहिले १२ जना थियौँ, घटेर ६ मा झर्यौँ, जसमध्ये अधिकांश आरआरकै सहपाठी थियौँ । पोना हाङ्मा भने काठमाण्डु स्कूल अफ ल मा अध्ययन गर्छिन् । उनी हाम्रो पूर्वसहपाठी हुन् । स्नातक प्रथम वर्षका सुरुवाती तीन महिना हाम्रो सहपाठी थिइन्, पछि उनले कलेज परिवर्तन गरिन्। पोना सहित सहपाठी तथा मित्र कृष्ण, नरेश, सुदर्शन, शोभा र यो पंक्तिकार हाइकिङ् योजनामा सामेल थियौँ ।
Comments
Post a Comment